२०८० मङ्सिर २१ गते बिहिवार

सर्वोच्चको फैसला आउनु अघि प्रधानमन्त्री ओलीले किन बढाउँदै छन् सुरक्षा निकायसँगको छलफल ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला संकटकालको सिफारिश गर्ने तयारी गरेका छन् ।

उनले देशमा उत्पन्न पछिल्लो घटनाक्रमलाई दृष्टिगत गरी संकटकाल लगाउने तयारी गरेका हुन् । प्रतिनिधि सभा विघटनपछि देशमा राजनीतिक अस्थिरता बढिरहँदा प्रधानमन्त्री ओलीले कडा कदम चाल्न सक्ने संकेतहरु गरिरहेका छन् ।

उनले आजै राष्ट्रिय सुरक्षा परिषदको बैठक डाके । आजै मन्त्रिपरिषदको बैठक पनि डाकेका छन् । सुरक्षा परिषद बैठकलगत्तै मन्त्रिपरिषद बैठक डाक्नुलाई चासोका साथ हेरिएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतले आजबाट हेर्दा हेर्दैमा राखेको छ । कुनैपनि दिन फैसला आउनसक्छ । प्रधानमन्त्री ओलीले फैसला आउनुपूर्व सुरक्षा निकायसँग छलफल बढाएका छन् । यसलाई संकटकाल घोषणासम्मको अग्रिम तयारीका रुपमा हेरिएको छ ।

वैशाखमा निर्वाचन घोषणा गरिएको र संसद पुनःस्थापना नभए चुनावमा जानुपर्ने हुन्छ । तर, चुनाव गर्न नसके अर्को संकट आउन सक्छ । त्यतिबेला प्रधानमन्त्री ओलीले संकटकाल सम्मको घोषणा गर्न सक्ने चर्चा चल्दै आएको छ ।

यसै सिलसिलामा हिजो सोमबार प्रधानसेनातपति पूर्ण चन्द्र थापाले सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जवरासँग पनि सर्वोच्चमै पुगेर एक घण्टा छलफल गरेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?