२०८० असोज ९ गते मङ्गलवार

पत्थरी हटाउन करेलाको रस



शरीरमा आउने विभिन्न सानादेखि ठूला समस्याको समाधानका लागि करेलाको सेवन उपयुक्त हुन्छ ।

पेटसम्बन्धी समस्याबाट टाढा रहनका लागि करेला लाभदायक मानिन्छ ।

करेलाको पात, करेलाको बोक्रा पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

घाउ लागेमा वा शरीरमा अनावश्यक फोका आएमा करेलाको जरा पिसेर लगाउँदा निको हुन्छ ।

यदि यस्तो अवस्थामा करेलाको जरा भेटिएन भने करेलाको पात पिसेर घाउँ भएको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ भने घाउ पनि छिट्टै निको हुन्छ ।

पत्थरीको समस्या भएमा करेलाको रस सेवन गर्नुपर्छ । यसले पत्थरी निकाल्न मद्दत गर्छ । ताजा करेलाको सेवनले पत्थरीको समस्यामा राहत दिन्छ ।

कानको दुखाइमा करेलाको रस निकालेर ४ थोपा हाल्दा कान दुख्ने समस्या कम हुन्छ

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?