२०८० चैत्र १५ गते बिहिवार

असाध्यै चलाख सासु भेटेका बुहारीहरूले यसरी सम्हाल्नुहोस् स्थिती



सासु र बुहारीको सम्बन्ध असाध्यै नाजुक हुन्छ । यसमा थुप्रै उतार–चढाव आउँछन् ।

थुप्रै पटक स्थिती सहज बनिदिन्छ र दुई बीचको सम्बन्ध निकै प्रगाढ हुन्छ भने कहिलेकाँही कुनै एकको स्वभावले स्थितीलाई राम्रो बन्नबाट रोक्छ ।

यस्तै स्थिती त्यतिबेला पनि निम्तिन्छ जब बुहारीले चलाख सासू पाउँछन् र सधैंभरी बुहारीको नकारात्मक पक्ष मात्रै खोज्ने गर्छन् ।

एउटा कुरा साँचो हो कि सासु चाहे जस्तो सुकै होउन् तर उनीहरु छोराका लागि एक निकै केयरिङ आमा हुन्छन् ।

यस्तोमा उनीहरुलाई आफ्नै जीवनको हिस्सा बनाउँदा बुद्धिमानी हुन्छ । त्यसो भए यस्ता स्थितिसँग जुध्न के गर्ने त ? आउनुहोस्, यसबारे जानकारी लिऔं ।

अलर्ट हुनुहोस्ः

हो, सुपर अलर्ट हुनुहोस् । तपाईंकी सासुले तपाईंलाई के भनिरहेकी छिन् ? किन भनिरहेकी छिन् ? के गरिरहेकी छिन् ? यो विषयमा थोरै सजग रहँदा कुनै ठूलो कुरा मान्नु पर्दैन ।

यसो गर्दा तपाईं पहिला नै सासुको मनसाय बुझ्न सक्नुहुन्छ र आफ्नो विवेकले निर्णय लिँदै स्थितीलाई राम्रो बनाउन सक्नुहुन्छ । यसले तपाईंलाई बिना कारणको झगडाबाट जोगाउँछ भने आफूलाई कुनै भयानक स्थितीमा फस्नबाट पनि जोगाउन सक्नुहुन्छ ।

संवादलाई बलियो बनाउन काम गर्नुहोस्ः

संवादले कुनै सम्बन्ध जोड्न सक्छ भने यसको कमीले सम्बन्धमा दुरी पनि निम्त्याउन सक्छ ।

तपाईंले आफ्ना वरिपरि यस्ता थुप्रै उदाहरण पाउनुहुन्छ जसमा सम्बन्धविच्छेद लिने सोच बनाइसकेका जोडीले आफूलाई चित्त नबुझेका कुरामा छलफल गरेर आफ्नो सम्बन्धलाई बचाएका छन् र आफ्नो जीवनलाई उत्कृष्ट बनाइरहेका छन् ।

यसले देखाउँछ र स्वस्थ संवाद कति शक्तिशाली छ । यही कुरा आफ्नो सासुमाथि पनि लागू गर्नुहोस् ।

सासुले तपाईंको कुरालाई गलत तरिकाले लिइरहेकी छिन् भन्ने शंका लाग्ने बित्तिकै यसबारे खुलेर कुरा गर्नुहोस् र आफ्नो पक्ष राख्नुहोस् । यतिबेला नरम हुन नबिर्सनुहोस् ।

असुरक्षाको भावनालाई हटाउने कोसिस गर्नुहोस्ः

धेरैजसो घरमा सासु र बुहारीबीच तनाव यसकारण सुरु हुन्छ किनभने सासुलाई लाग्छ कि यत्तिका वर्षमा उनीहरुले जे पाए वा बनाएका छन्, त्यो सबै परिवर्तन हुनेछ ।

जस्तै निर्णय लिने अधिकार, छोराको लगाव, भान्सा घरसँग जोडिएको निर्णय, घर चलाउने तरिका आदि । सासुको यो असुरक्षाको भावनालाई तपाईं हटाउन सक्नुहुन्छ । यसका लागि तपाईं केही नयाँ गर्नुभन्दा अघि यसबारे सासुसँग कुरा गरेर वा मिलेर निर्णय लिन सक्नुहुन्छ ।

यसले देखाउँछ कि तपाईंलाई उनीहरुको रुची अरुचीको ख्याल रहेको महसुस गराउँछ र तपाईं मनैदेखि उनीहरुको सम्मान गर्नुहुन्छ ।

श्रीमान् र ससुरालाई बीचमा नल्याउनुहोस्ः

तपाईं र सासुको बीचमा केही मतभेद छ भने त्यसमा श्रीमान् र ससुरालाई बीचमा ल्याउने कोसिस नगर्नुहोस् । यदि सासुले उनीहरुलाई ल्याउँछिन् भने यतिबेला दखल दिँदा स्थिती बिग्रन सक्छ भनेर दुबैलाई सम्झाउनुहोस् । य

स्तो गर्नु यसकारण पनि आवश्यक छ किनभने कुनै तेस्रो व्यक्ति झगडामा समावेश हुँदा कुरा शत प्रतिशत बिग्रन्छ ।

न कुरा काट्नुहोस्, न त अरुलाई गर्न दिनुहोस्ः

आफ्नो सासुबारे कुरा काट्न बन्द गर्नुहोस् । तपाईंलाई उनीसँग कुनै समस्या छ भने पनि यो आफैंमा सिमित राख्ने कोसिस गर्नुहोस् ।

यदि यसले तपाईंलाई मानसिक तनाव दिइरहेको छ भने आफ्नी आमा वा यस्ता व्यक्तिसँग सेयर गर्नुहोस् जसले तपाईंलाई सही बाटो देखाउन सक्छ ।

यदि कोही दोस्रो व्यक्तिले तपाईं र सासूको सम्बन्धबारे कुरा काट्छन् भने ती व्यक्तिलाई तुरुन्त रोक्नुहोस् । यसो नगर्दा पछि यो तपाईंमाथि नै भारी पर्न सक्छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?