२०८१ बैशाख ६ गते बिहिवार

औषधीय गुणले भरपुर हुन्छ बयर, थाहा पाउनुस् यो फल खानुका ९ फाइदा र हानी



बयर एक मौसमी फल हो । यो फल अनेक प्रकारको औषधीय गुणले भरिपूर्ण हुन्छ । साथै यसमा पौष्टिक तत्व जस्तै भिटामिन, खनिज पनि हुन्छन् ।

यो फल थुप्रै देशमा पाइन्छ । यो फलको उपयोग औषधी निर्माणमा पनि गरिन्छ । बयरको सेवन उचित मात्रामा गर्दा हाम्रो शरीरलाई थुप्रै फाइदा मिल्छ । तर यदि यसको सेवन सही तरिकाले नगरेको खण्डमा यसले स्वास्थ्यमा हानी पनि पुर्याइरहेको हुन्छ ।

बयर फलमा पाइने पौष्टिक तत्वः

बयर फलमा अनेकौं पौष्टिक तत्व पाइन्छ । बयरमा प्रमुख रुपमा भिटामिन, राइबोफ्लेविन र थायमिनजस्ता तत्व पाइन्छ ।

यसका साथै यो प्रोटिन, पोटासियम, क्याल्सीयमसमेत थुप्रै पोषक तत्वको भण्डार मानिन्छ । यो फल भिटामिन सीको राम्रो स्रोत मानिन्छ ।

आयुर्वेदका अनुसार यसभित्रको दानामा क्यान्सरजस्तो रोगसँग लड्ने क्षमता हुन्छ । बयर फलमा पाइने केही प्रमुख पोषक तत्व यस प्रकार छन्ः

– भिटामिन सी, ए र बी कम्प्लेक्स

– कार्बोहाइड्रेट

– फ्याट

– आइरन र कपर

– क्याल्सियम र फस्फोरस

– सोडियम

– जिंक

– साइट्रिक एसिड

बयर खानुका फाइदाः

बयर औषधीय गुणले भरिपूर्ण हुने भएकाले यो निकै लाभदायी हुन्छ । आयुर्वेदिक हिसाबले पनि बयर खानुका थुप्रै फाइदा छन् ।

बयरको फल, पात र त्यसभित्रको दानाको उपयोग अनेक प्रकारले गरिन्छ । यसको दाना गर्भवस्थामा बान्ता हुने, पेट दुख्नेलगायतका समस्या रोक्नका लागि पनि गरिन्छ । बयरका पात र जरा आयुर्वेदिक काढा बनाउन पनि प्रयोग गरिन्छ ।

बयरमा विभिन्न पोषक तत्व हुने भएकोले यसले शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउँछ । पारम्परिक चिकित्सा र अनिद्राजस्ता रोगको उपचारमा पनि बयरको प्रयोग गरिन्छ । बयर खानुका केही प्रमुख फाइदा यस प्रकार छन्ः

– शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ

– पाचन तन्त्र र कब्जियतजस्ता रोगमा फाइदाजनक

– तनाव, अनिद्राजस्ता रोगमा उपयोगी

– शरीरलाई ब्याक्टेरिया बाट रक्षा गर्छ

– बयरमा भएको क्याल्सीयमले दाँत र हड्डी बलियो बनाउँछ

– कलेजोसँग जोडिएको समस्यामा उपयोगी

– एन्टी एजिङ् तत्वले अनुहारलाई सफा राख्छ

– कपालको विकासमा लाभदायी

हुन त बयरले स्वास्थ्यमा धेरैजसो अवस्थामा फाइदा नै पुर्याइरहेको हुन्छ तर केही परिस्थितीमा बयरको सेवन गर्न नहुने बताइन्छ ।

केही आयुर्वेदिक अनुसन्धानमा बताइए अनुसार अत्यधिक मात्रामा बयरको सेवन गर्दा शरीर सुस्त हुने, भोक कम लाग्ने, कब्जियतजस्ता समस्या हुन सक्छन् । यद्यपि, बयरले खासै ठूलो हानी त गर्दैन तर यस्ता मानिसहरुले बयरको सकेसम्म सेवन नगर्नुहोस्ः

– मधुमेहद्वारा ग्रसित मानिसहरुले

– कम फाइवर डाइटको पालना गर्नेहरुले

– लेटेक्सबाट एलर्जी हुनेहरुले पनि बयरको सेवन गर्नु हुँदैन ।

– पेटको ग्यासबाट ग्रसित मानिसहरु

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?