२०८० जेष्ठ २७ गते शनिवार

डा.बाबुराम भट्टराई अस्पताल भर्ना, पेटमा ट्युमर आशंका



काठमाडौं । स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज अस्पताल भर्ना भएका छन् ।  डा.भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिनुभएका डा.भट्टराई आज थप उपचारको लागि भर्ना भएका हुन् ।  ललितपुरको निदान अस्पतालमा गरिएको परिक्षणमा डाक्टर भट्टराईको पेटमा ट्युमर आशंका गरिएपछि थप परिक्षण एवं उपचारका लागि दिल्ली गएका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?