२०८० जेष्ठ १९ गते शुक्रवार

दैलेखका १० वर्षीय बालक तीन दिनदेखि सुर्खेतबाट वेपत्ता



सुर्खेत । दैलेखको ठाटीँकाँध गाउँपालिका ४ का १० वर्षीय बालक रविन्द्र सिजापति तीन दिनदेखि वेपत्ता भएका छन् । उनी सुर्खेत वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थान स्थित भाडाको कोठाबाट फागुन ८ गते शनिबारदेखि वेपत्ता भएका हुन् ।

दैलेख स्थायि घर भएका उनी पढाईका लागि वीरेन्द्रनगरमा आफ्ना अंकलसँग बस्दै आएका थिए । बिहान ८ बजे साथीको साईकल पुर्याउन गएका उनी दिनभर साथीको कोठामा बसेको र साँझ घर जान्छु भनेर फर्किदा वेपत्ता भएको उनका आफन्तले बताएका छन् । यस बिषयमा जिल्ला प्रहरी कार्यालयमा समेत जानकारी गराईएको छ ।

वेपत्ता बालकलाई चिनेर भेटाउनुहुनेले उनका परीवार तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनहुन अनुरोध गरिएको छ । सम्पर्कका लागि : ९८६३४६४९९१, ९८६४९८०६६९ !

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?