
मेक्सिको सिटी । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा दुर्घटना हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ ।
मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार आइतबार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा भएको थियो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ । सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन शुरु गरिसकेको जनाएको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार