२०७८ असार ३ गते बिहिवार

मोनाकोसँग पीएसजी स्तब्ध



एजेन्सी । मोनाकोले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसैको घरेलु मैदानमा हारको स्वाद चखाएको छ ।

पीएसजीको नेतृत्व सम्हाले यता उनको व्यहोरेको यो दोस्रो हार हो । सोफियाने डियोपले खेलको छैटौँ मिनेटमा गोल गर्दै मोनाकोलाई अग्रता दिलाए भने दोस्रो हाफमा गुलेर्मो मारिपानले मोनाकोको अग्रता दोब्बर बनाए ।

यसअघि, च्याम्पियन्स लिगमा बार्सिलोनालाई ४–१ गोलले हराएको पीएसजीले आइतबारको खेलमा भने मोनाकोसँग संघर्ष गर्नुपरेको थियो । पीएसजीले गोलको अवसर सिर्जना गर्नु नै धौधौ परेको थियो ।

पीएसजी लिगको तेस्रो र मोनाको चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार