२०७८ असोज ११ गते सोमवार

नारायणहिटी अगाडि ओलीको पुतला बनाएर विद्यार्थीले गरे जुत्ता प्रहार 



काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको पुतला बनाएर जुत्ताले हानेका छन् ।

सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै उनको पुतला बनाएर जुत्ता हानेका हुन् ।

त्यस क्रममा विद्यार्थीहरुले प्रतिमगन मुर्दावाद लगायतका नाराबाजी गरेका थिए । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओलीले प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले साङ्केतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्रहार गरिएको बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार