२०७९ चैत्र १० गते शुक्रवार

शिक्षा मन्त्रीसँग सुदुरपश्चिमका शिक्षकहरुसँग अन्तरक्रिया



सुदुर पश्चिम। नेपालका समृद्धिका लागि विद्यमान शिक्षा नीति परिवर्तनको खाँचो देखाउँदै शिक्षामन्त्री कृष्णगोपालले श्रेष्ठले आफू शिक्षा ऐन २०२८ परिवर्तन गर्ने योजना रहेको बताउनुभएको छ ।

सूचना प्रविधिको बढ्दो प्रयोग, परिवर्तन भएको शासकीय संरचनाजस्ता जस्ता कारण पुरानो ऐनले परिणाम ल्याउन नसक्ने उहाँको भनाइ छ । डडेल्धुरा जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणका लागि काठमाडौं आएका शिक्षक र शैक्षिक क्षेत्रसँग सरोकार राख्ने अधिकारीहरुसँगको अन्तरक्रियामा मन्त्री श्रेष्ठले भन्नुभयो — ‘विकास व्यवस्थापनका लागि व्यक्तिगत सोचले पहिलो भूमिका खेल्छ ।

यसको मेरुदण्ड शिक्षा हो । देश गणतन्त्रात्मक व्यवस्थामा गएपछि शैक्षिक क्रियाकलाप पनि परिवर्तित सन्दर्भमुताविक नै बनाउनु पर्छ । मन्त्रालय अहिले यता लागेको छ । ’सुदुर पश्चिम क्षेत्रको डडेल्धुरा जिल्लाको अजयमेरु र गन्यापधुरा गाउँपालिकाकाबाट जनप्रतिनिधिसहित विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक÷शिक्षिका, सामाजिक विकास समितिका संयोजकहरु अवलोकन भ्रमणमा आउनुभएको छ ।

लू निभाः (बाल सरोकार समूह) ले व्यवस्थापन गरेको अवलोकन भ्रमणमा ३७ जना प्रतिनिधि सहभागी हुनुहुन्छ । ‘गाउँका शैक्षिक समस्या, प्रदेश हुँदै संघसम्म पु¥याएर शैक्षिक विकासमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत अनुभव र सिकाइ आदान प्रदान गर्ने कार्यक्रम गरेका हौं ।’ कार्यक्रमका बारेमा जानकारी दिँदै लू निभाः का कार्यकारी निर्देशक नरेन्द्र डंगोलले भन्नुभयो — बाल केन्द्रीत सिकाइको प्रवर्धन गर्नु अहिलेको आवश्यकता हो ।

लूः निभाले ग्रामीण शैक्षिक सुधारका लागि यी २ वटा गाउँपालिकाका परियोजना सञ्चालन गरिरहेको छ । म्याचिङ् फण्ड (जोड कोष) बाट सञ्चालित परियोजनामा पालिका, लू निभाः र समुदायस्तरको सहभागिता छ । कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलका अनुसार शैक्षिक गुणस्तर सुधारका लागि नीति पैरवी गर्न सन् २०१९ को जनवरीबाट यो परियोजना सुरु गरिएको हो ।

परियोजना सन् २०२२ को डिसेम्बरमा सकिनेछ । शैक्षिक भ्रमणमा आउनु भएका प्रतिनिधिहरुले ललितपुर र काभ्रेका ४ वटा विद्यालयको बाल सिकाइ अभ्यास अवलोकन गर्नुहुनेछ । लूः निभाका कार्यक्रम संयोजक कृष्णगोविन्द महर्जनकाअनुसार गोदावरी नगरको डुकुछापमा रहेको दनुवार समुदायमा रहेको चण्डादेवी आधारभूत विद्यालय, पाटन ढोकामा रहेको रातो बंगाला विद्यालय, काभ्रे जिल्लाको धुलिखेल नगरमा रहेका सरस्वती माध्यमिक विद्यालय र बिनायक बाल आधारभूत विद्यालयको सिकाइ अभ्यास अवलोकन गरिनेछ ।

अवलोकनका क्रममा स्थानीय पाठ््य सामाग्री उत्पादन, उत्पादित सामाग्रीको सिकाइका क्रममा प्रयोग, स्थानीय सरकारका नीति, उत्प्रेरणा, वहुशिक्षण बिधिलगायत बिषय मुल रुपमा आदानप्रदान हुनेछन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार