२०८० जेष्ठ १९ गते शुक्रवार

गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत भेटिए



गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक बजार एकै परिवारका तीनजना मृत फेला परेका छन् ।

आज बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले हेर्दा टिलबहालुर गुरुङको परिवारका सबै सदस्य मृत भेटिएका हुन्‌ ।

​८४ वर्षीय टिलबहादुर गुरुङ, अन्दाजी २२ वर्षीया बुहारी आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।

प्रहरी चौकी बारपाकबाट घटनास्थल पुगेको टोलीको मृतकहरूको मुखमा फिँज देखिएको जानकारी दिएको एसपी गुरुङले बताए ।

अहिले जौबारी प्रहरी चौकीबाट थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। टोली त्यहाँ पुगेर अनुसन्धान गरेपछि घटनाबारे थप विवरण आउने एसपी गुरुङले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?