२०८१ बैशाख ७ गते शुक्रवार

२५ वर्षकी युवतीले भनिन् – ‘मलाई हावाले गर्भवती बनायो’, १ घण्टापछि छोरी जन्माइन्



काठमाडौं । २५ वर्षकी एक युवतीले आफूलाई हावाले गर्भवती बनाएको अनौठो दावी गरेकी छिन् । ती युवतीले यस्तो दावी गरेको १ घण्टापछि छोरीलाई जन्म दिएकी छिन् ।        इण्डोनेसियाको पुलिसले अब यो विचित्र दावीबारे अनुसन्धान थालेको छ । द सनको रिपोर्टअनुसार सिती जाइना नामकी २५ वर्षकी यी युवतीले गत हप्ता पश्चिमी जाभाको सियान्जुरमा छोरी जन्माएकी हुन् ।

उनले स्थानीय मिडियासँग कुरा गर्दै आफू घरको बैठक कोठामा बसिरहेका बेला आफू हावाको झोक्काबाट गर्भवती भएको बताएकी हुन् । त्यसको १ घण्टामा उनले छोरी जन्माइन् । सितीले भनिन् ‘दिउँसोको प्रार्थनापछि म घोप्टो परेर सुतिरहेकी थिएँ त्यही बेला अचानक मैले एउटा हावाको झेक्का मेरो योनीभित्र प्रवेश गरेको महसुस गरें ।’ सितीका अनुसार त्यसको १५ मिनेटपछि उनको पेट दुख्न थाल्यो । दुखाइ बढी नै भएपछि उनी स्थानीय सामुदायिक स्वासथ्य क्लिनिकमा गइन् जहाँ उनले छोरी जन्माइन् ।

यो अनौठो गर्भाधानबारे तत्कालै स्थानीय स्तरमा खबर फैलियो र स्थानीय अधिकारीहरुले पनि उनलाई भेट्ने निर्णय गरे । सिडाउनको सामुदायिक क्लिनिकका निर्देशक इमान सुलेमानले भने ‘म सब प्रिसिन्ट चिफ र जिल्ला प्रमुखसँग त्यहाँ गएँ । आमा र बच्चा स्वस्थ अवस्थामा छन् र बच्चा जन्माउने प्रक्रिया सामान्य नै थियो । बच्चा छोरी हुन् र उनको तौल २.९ किलोग्राम छ ।’ इमानका अनुसार उनीहरुलाई सितीलाई क्रिप्टिक प्रेग्नेन्सी भएको विश्वास छ ।

क्रिप्टिक प्रेग्नेन्सी मेडिकल भाषामा त्यस्तो गर्भावस्था हो जसमा आमालाई आफू गर्भवती भएको बच्चा जन्माउने व्यथा नलाग्दासम्म थाहा हुँदैन । यो निकै दुर्लभ अवस्था हो । सितीको आफ्ना श्रीमानसँगबाट एउटा बच्चा पहिल्यै छ । श्रीमानसँग उनी ४ महिना पहिले छुट्टिइसकेकी छिन् । एक पुलिस प्रवक्ताले आफूहरु यो हल्लाबारे जाँच गर्न सितीको घरमा गएको पुष्टि गरे । पुलिस अधिकारी सुमार्दीले भने ‘हामीले यो अपत्यारिलो खबरबारे वास्तविकता पत्ता लगाउन खोजेका हौं किनकि उनले गरेको दावी अप्राकृतिक र अपत्यारियो छ ।’

गएको जुलाइमा इण्डोनेसियाको तासिकमालासा सहरकी २८ वर्षकी एक महिलाले बच्चा जन्माउनुभन्दा १ घण्टा अगाडि मात्र आफू गर्भवती भएको थाहा पाएको बताएकी थिइन् ।         २०१७ मा दक्षिण सुलावेसीकी १७ वर्षकी किशोरी उत्जे रामादानीले आफू कुमारी भएको दावी गर्दागर्दै बच्चा जन्माएकी थिइन् । इण्डोनेसियाकी बाल रक्षा प्रमुख सिती हिक्मावातीले पनि गएको फेब्रुअरीमा शक्तिशाली शुक्रकिट भएका पुरुषहरु पौडी खेलेको स्वीमिङ पुलमा पौडी खेल्दा महिलाहरु गर्भवती हुन सक्ने बताएपछि विवाद सृजना भएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?