२०८० चैत्र १५ गते बिहिवार

सर्वोच्चले संसद् पुनर्स्थापना गर्न लागेपछि ओली आत्तिएर आकाशतर्फ थुक्दैछन् : पौडेल



काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् पुनस्स्थापना गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएको बताएका छन् ।

नेपाल प्रेस युनियन सुनसरीले आइतबार (आन) गरेको अन्तर्क्रियामा नेता पौडेलले विराटनगरमा शनिबार भएको सभामा प्रधानमन्त्री ओलीले अदालतबाट प्रतिनिधिसभा विघटनको कदम सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति धम्की र आतेस दुवै भएको बताए ।

प्रधानमन्त्री पदको गरिमा भुलेर अदालतलबाट आफ्नो असंवैधानिक कदम सदर नभए आन्दोलन गर्छौं भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिँदै छन्, पौडेलले भने, यो अदालतमाथि धम्की त हुँदै हो सँगसँगै अदालतले संसद् पुनस्स्थापना हुने भयो भनेर आत्तिएको अभिव्यक्ति पनि हो । उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनस्स्थापित भए विकृति आउँछ भन्दै दिएको अभिव्यक्तिलाई आकाशतर्फ हेरे थुकेको उपमा दिए ।

ूप्रधानमन्त्री भन्दै छन्: सांसद अपहरणदेखि प्रतिनिधिसभा विघटनसम्मका विकृति निम्त्याउने ओलीले नै प्रतिनिधिसभा पुनस्स्थापित भए विकृति आउँछ रे ?, पौडेलले भने, ओली आकाशतिर हेरेर थुक्क्दै छन्  ।                                    प्रधानमन्त्री ओली यस्ता आपत्तिजनक अभिव्यक्ति दिनुमा कांग्रेसको भूमिकाले दुरुत्साहन गरेको बताए । पौडेलले नेतृत्वका कारण कांग्रेस लोकतन्त्र र संविधानको रक्षमा खरो उत्रन नसकेको पनि स्वीकार गरे ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?