
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पद कुनै बच्चाको खेलौना नभएको टिप्पणी गरेका छन् ।
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालप्रति लक्षित गर्दै ओलीले अध्यक्ष पाउन महाधिवेशन पर्खनुपर्ने बताएका हुन् ।
उनले सभालाई सम्बोधन गर्दै भने, मसँग जसले महाधिवेशनमा हारे, अर्को महाधिवेशन नपर्खी मलाई अध्यक्ष दे कि दे भने, बच्चाले खेलौना मागेजस्तो ।
उनले कार्की बैंङ्क्वेटमा भोज खाएर कसैले अध्यक्ष बनाइदिएँ भनेपछि दंग परेर हिँडेको समेत टिप्पणी गरे । उनले भने, ‘महाधिवेशनबाट होइन गएर कार्की बैंक्वेटमा भोजखाएर कसैले अध्यक्ष बनाइदिएँ भनेपछि दंग परेर हिँडेका मान्छेहरू छन् ।’
निर्वाचन आयोगले नेकपाका अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमात्रै भएको बताउँदा पनि उनी अध्यक्ष भनेर हिँडेको बताए ।
प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार