२०८० मङ्सिर १३ गते बुधवार

सरकारसँग वार्ताका लागि विप्लव समूह सकारात्मक



काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।

शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् ।

उनले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?