
ऐजेन्सी: पूर्व प्रेमीलाई सताउन गर्भवति भएको नाटक गर्ने महिलालाई अदालतले सजाय तोकेको छ।
आफू गर्भवती रहेको विश्वास दिलाउन स्कटल्यान्डककी ३६ वर्षीया जैकलीन मेकगोवनले पेट ठूलो देखाउने साधन प्रयोग गरेकी थिइन।
उनले अस्पतालमा भर्ना भएको नक्कली पर्चाको फोटो खिचेर समेत जेमीलाई पठाउने गरेकी थिइन्। उनले ठूलो पेट देखाउँदै ९ महिनासम्म पूर्व प्रेमी जेमी इतकेनका परिवारलाई जेमीको बच्चा पेटमा रहेको विश्वास दिलाएकी थिइन् ।
तर जेमीले जैकलीनलाई वास्ता गरेनन्। जैकलीनले पैसा माग्दा समेत दिएनन् जैकलीनले जेमीकी आमालाई समेत फेरि गुनासो गरिन् ।
जैकलीनका हर्कतले हैरान भएका जेमीले उनीविरुद्ध अदालतमा मुद्दा हालिन् । सन् २०१९ जुन १ देखि २०२० फेब्रअरी २९ सम्म जैकलीनले यसरी सताउने काम गरेकी थिइन्। तर अदालतमा मुद्दा पुगेपछि जैकलीनको नाटक झूटो सावित भयो ।
अदालतमा लामो बहसपछि जैकलीन दोषी ठहर भएकी छन् । हालै गरेको आदेश अनुसार अदालतले आगामी महिना जैकलीनलाई सजाय तोक्ने भएको छ । –