२०८० मङ्सिर २१ गते बिहिवार

प्रदेश राजधानी ‘गोदावरी’ निर्माणमा अझै अन्योलता



धनगढीः धनगढी बजारबाट २१ किलोमिटर उत्तरमा पर्ने गोदावरीको तेघरीमा प्रदेश राजधानी बन्ने घोषणा भएपछि यहाँ एउटा नयाँ टोल बनेको छ।

त्यसको नाम नै स्थानीयबासीले राजधानी टोल राखिदिएका छन्। तर राजधानी निर्माणको काम कहिले सुरु हुने हो त्यस्को टुंगो हुन नसक्दा स्थानीयबासी अन्योलमा पर्न थालेका छन्।

राजधानी टोलका एक युवा १८ वर्षीय प्रकाश बोहराले भने, ‘राजधानी बनाउने घोषणा प्रदेश सरकार गठन भएको तीन वर्ष हुँदा समेत अगाडि बढ्न सकेको छैन। राजधानी नै बनिहाल्ला भन्ने विश्वास मरिसकेको छ ।’

तेघरीको राजधानी टोलकी पार्वती महरालाई सामुदायिक वन क्षेत्रमा राजधानी निर्माण भए आफूहरुलाई घाँस दाउराको लागि समस्या हुने भन्ने चिन्ता रहेको छ। सामुदायिक वनमा आश्रित भएपनि राजधानी नै भइहाले टोलमा विकास हुनेमा भने महरा आशावादी रहेकी छिन्।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?