
२०२१ मा बहुप्रतिक्षित बलिउड चलचित्र मानिएको ‘८३’ रिलिज हुने भएको छ ।
क्रिकेटर कपिलदेवको क्रिकेट करियरमा बनेको उक्त फिल्म जून ४, २०२१ मा रिलिज हुने भएको हो ।
फिल्मका निर्देशक कबीर खानले इन्स्टाग्राम र फ्यान मार्फत फिल्मको पोस्टर सार्वजनिक गरेका छन् ।
फिल्म एकै साथ हिन्दी, तमिल, तेलगु, कन्नड र मलयालम जस्ता भाषाहरूमा रिलिज हुनेछ ।
फिल्ममा रणवीर सिंह पूर्व कप्तान र महान आलराउन्डर कपिल देवको भूमिकामा खेल्नेछन् ।
दीपिका पादुकोण फिल्ममा कपिल देवकी पत्नीको भूमिकामा देखिने छिन्।
दुई जोडी विवाहपछि एकसाथ पर्दामा देखिन लागेका हुन् ।
प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार