२०८१ बैशाख ८ गते शनिवार

प्रदेश राजधानीमै प्रभावकारी सेवा नपाएको भन्दै नागरिक आन्दोलित



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमै प्रभावकारी स्वास्थ्य सेवा नपाएको भन्दै नागरिकहरु आन्दोलित बनेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–८ खजुराका स्थानीय नागरिकहरुले वडा कार्यालयमा रहेको शहरी स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी स्वास्थ्य नदिएको भन्दै आन्दोलन गरेका हुन् ।

उनीहरुले विहीबार वीरेन्द्रनगर नगरपालिका पुगेर प्रभावकारी स्वास्थ्य सेवा दिनुपर्ने भन्दै चर्को नारावाजी गरेका छन् । केन्द्रका कर्मचारीहरुले राम्रो व्यवहार नगर्ने र सेवाग्राहीसँग झर्किने गरेको स्थानीयका आरोप छ ।

तर केन्द्रका ईन्चार्ज प्रेमा थानीले स्थानीयले लगाएको आरोप गलत भएको बताइन् । सीमित स्रोत साधनबाट केन्द्रले उपलव्ध गराउने सेवाहरुमा कुनै कञ्जुसाई नगरेको थानीले उल्लेख गरिन् ।

‘महिला कर्मचारी भएकै कारण हामीमाथि आरोप लगाइएको हो,’ थानीले भनिन्, ‘तीन जना महिला कर्मचारी मात्रै रहेको कार्यालयमा हामीले प्रदान गर्ने सेवामा कुनै कमजोरी भएको छैन्, केन्द्रप्रति अनावश्यक टिकाटिप्पणि गर्नु गलत हो ।’

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?