२०८० जेष्ठ २७ गते शनिवार

सल्यानमा भीरबाट लडेर एक महिलाको मृत्यु



सल्यान : सल्यानमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको शारदा नगरपालिका-६, कौछे निवासी ६४ बर्षिय तोली बुढाथोकीको भिरबाट लडेर मृत्यु भएको हो।

बाख्रासँगै घाँस बोकेर घर फर्किने बेला बुधबार घर नजिकैको भालुखोला भन्ने भीरबाट लडेकी तोलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बाटोबाट झण्डै १ सय ५० मिटर तल खसेको अवस्थामा उनको शव फेला परेको थियो ।

पोष्टमार्टमक गर्न शव जिल्ला अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?