२०८० असोज ९ गते मङ्गलवार

अष्ट्रेलियामा फेसबुकले न्यूज फिड बन्द गर्‍यो



अष्ट्रेलिया । फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरुलाई समाचार शेयर गर्न र हेर्न प्रतिबन्ध लगाएको छ।

फेसबुकमा समाचारका लिंकहरु शेयर गर्न र हेर्न प्रतिबन्ध लगाएपछि त्यहाँका पाठकहरुले आज बिहानदेखि फेसबुकमा कुनै पनि समाचारहरु हेर्न पाएका छैनन् ।

फेसबुकले अस्ट्रेलियामा स्वास्थ्य तथा आपतकालीन फेसबुक पेजहरु पनि बन्द गरिदिएकोमा पछि खोलेको छ । अस्ट्रेलिया ठेगाना भएका प्रयोगकर्ताहरूले देश बाहिरसमेत फेसबुकमा समाचारहरु हेर्न नपाएको बीबीसीले जनाएको छ।

अस्ट्रेलियाको प्रतिस्पर्धा नियामक निकायले गुगल तथा फेसबुकमाथि कडाइ गर्ने योजना ल्याएपछि फेसबुकले आफ्नो न्यूज फिड बन्द गराएको हो । अस्ट्रेलियाको कानुनअनुसार नियमनमा आउनु पर्ने वा समाचार लिंकहरु फेसबुकमा शेयर गर्न नपाउने विकल्पमध्ये दोस्रो विकल्प रोजिएको फेसबुकले स्पष्टिकरण दिएको छ ।

फेसबुकको प्रतिबन्धपछि त्यहाँका ठूला प्रकाशक संस्थाहरुले आफ्नो समाचार लिंक फेसबुकमा शेयर गर्न पाएका छैनन् । अस्ट्रेलियाका सञ्चारमाध्यमहरुले गत वर्ष फेसबुकमा शेयर गरिएका लिंकहरुबाट मात्रै ३१ दशमलब ६ करोड डलर आम्दानी गरेका थिए।

अस्ट्रेलियाले ल्याएको नयाँ कानूनले अब गुगल, फेसबुकजस्ता प्रविधिसँग जोडिएका कम्पनीले समाचार लिंकहरु शेयर गरेपछि सरकारलाई कर तिर्नुपर्ने अनिवार्य गरेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?