२०८० जेष्ठ २७ गते शनिवार

टिकटक बनाउने विद्यार्थीकाे परीक्षा रद्द, शिक्षकलाइ कारवाही



सुर्खेत । कक्षा १२ को परीक्षाका क्रममा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारबाही गरेको छ ।

परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसार दैलेखको कालिका मावि, सिंहासैनका विद्यार्थी रोशनकुमार शाही कारबाहीमा परेका हुन् ।

गत मंसिरमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाका समयमा भएका गतिविधिलाई शाहीले भिडियो बनाएर टिकटकमा हालेका थिए ।

उनको चालु खण्डको सबै विषयको परीक्षा रद्द गरिएको सूचनामा जनाइएको छ । यसैगरी, सो विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र विद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष चक्रबहादुर शाही पनि कारबाहीमा परेका छन् ।

 

उनीहरु दुवैलाई बोर्डबाट सञ्चालन गरिने कुनै पनि परीक्षासम्बन्धी गतिविधिमा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरिएको सूचनामा उल्लेख छ । साथै, उनीहरुलाई विभागीय कारबाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिश गरिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?