२०८० चैत्र १६ गते शुक्रवार

नायिका दिया मिर्जाले दोस्रो बिहे गरिन्‌



एजेन्सी । पूर्व मिस एशिया प्रशान्त र अभिनेत्री दीया मिर्जाले सोमबार व्यवसायी वैभव रेखीसँग विवाह गरेकी छिन्।

हिन्दु संस्कार अनुसार दुई जनाले मुम्बईमा विवाह गरेका हुन्। विवाहमा दुई परिवारका आफन्त र केही नजिकका साथीहरुलाई निमन्त्रणा गरिएको थियो।

दीयाले रातो साडी लगाउँदा वैभव सेतो कुर्ता पजामा र नेहरू ज्याकेटमा देखिएका थिए।

दीया र वैभव दुवैको यो दोस्रो विवाह हो। दियाले २०१४ मा व्यापारी साहिल संघसँग बिहे गरेकी थिइन्। २०१९ मा सम्बन्ध विच्छेद भएको थियो। वैभवको पहिलो विवाह सुनैनासँग भएको थियो। उनको एक एक छोरी छिन्।​

दीया पछिल्लो समसय थाप्सी पन्नू स्टारर फिल्म ‘थापड’ मा देखिएकी थिइन्। जसमा उनले शिवानी नामकी केटीको भूमिका खेलेकी थिइन्। फिल्मको निर्देशन अनुभव सिन्हाले गरेका थिए।

दीयाले २०१९ डिजिटल डेब्यू गरेकी थिइन्। उनले वेब शो ‘काफिर’ मा क्यानाट अख्तरको भूमिका खेलेकी थिइन्।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?