२०८० चैत्र १६ गते शुक्रवार

ढोरपाटन पार्क भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने



काठमाडौं । प्रथम ढोरपाटन पार्क भेट्रान्स पुरुष भलिबल प्रतियोगिता चैत अन्तिम साता आयोजना हुने भएको छ ।

ढोरपाटन क्लबको आयोजनामा हुने प्रतियोगिता चैत २४ देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालको अनुसार पार्क भेट्रान्स भलिबल नेपालमा आधिकारीक रुपमा पहिलोपटक हुन लागेको बताएका छन् ।

‘यो खेल विदेशमा खेलिने खेल हो । कुनै समयमा रमाइलोलागि खेल्छौ तर आधिकारीक रुपमा यस प्रतियोगिता नेपालमा पहिलोपटक हुन लागेको हो ।’ उनले खेलपाटीलाई जानकारी दिए ।

यस्तै प्रतियोगितामा ७० देखि ८० टिमको सहभागिता रहने अध्यक्ष छन्त्यालले बताए ।

यस प्रतियोगितामा खेलाडीले रोटेसन गर्नु पर्ने छैन साथै सबै खेलाडीले सर्भिस गर्नेछन् ।

पार्क भलिबल ४–४ जनाले खेल्ने खेल हो । खेल लिगकम नकआउटको आधारमा खेलाइन्छ ।

प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेस्रो हुने टिमले ३० हजार प्राप्त गर्नेछन् ।

यस्तै सर्वाेत्कृष्ट खेलाडीले ५ हजार तथा व्यतिmगत विधातर्फकाले ३–३ हजार पाउनेछन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?