२०८० मङ्सिर १३ गते बुधवार

प्लेसिसले लिए टेस्ट क्रिकेटबाट सन्यास



एजेन्सी । दक्षिण अफ्रीकाका क्रिकेटर फाप डु प्लेसिसले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

प्लेसिसले बुधबार सामाजिक संजाल इन्स्टाग्रामबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

३६ वर्षीय ब्याट्सम्यान प्लेसिसले सिमित ओभरको क्रिकेट भने खेल्ने छन् ।

प्लेसिसले दक्षिण अफ्रीकाका लागि ६९ टेस्ट खेलेका छन् ।

जसमा ४ हजार १६३ रन जोड्दा १० शतक बनाएका छन् ।

प्लेसिसले सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेस्टमा डेब्यु गरेका थिए ।

दक्षिण अफ्रीकाका पूर्व कप्तान समेत रहेका प्लेसिसले अन्तिम पटक यसै महिला पाकिस्तानविरुद्धको टेस्ट खेलेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?