२०८० चैत्र १५ गते बिहिवार

मुख्यमन्त्री शाहीको सचिवालय हेरफेर हुँदै, तीन जना बाहिरिने



सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो स्वकीय सचिवालय परिवर्तन गर्ने अन्तिम तयारी गरेका छन्।

स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, खेम बहादुर सिंह, स्वकीय सचिव सुमन शाही सचिवालयबाट बिदाइ हुन लागेका छन्। स्वकीय सचिवालयका सदस्यहरुको राजीनामा पत्र तयारी अवस्थामा छ।

बिदाइ हुन लागेका एक स्वकीय सचिवले भने, ‘हाम्रो राजीनामा पत्र तयारी अवस्थामा छ, अहिलेसम्म जे जति काम गरियो, सबै राम्रैका लागि गरिएको हामीलाई लागेको छ। अब अन्य साथीलाई मुख्यमन्त्रीज्यूको सचिवालयमा रहेर काम गर्ने अवसर मिलेको छ। एक हिसाबले पार्टीका साथीहरूलाई आलोपालो भन्ने बुझ्दा पनि हुन्छ।’ उनले भने ।

नयाँ प्रमुख स्वकीय सचिवमा विष्णुबहादुर विक विकल्प जुम्लीले जिम्मेवारी पाउने भएका छन्। उनी युद्धकालदेखि नै दलित मुक्ति मोर्चामा काम गर्दै आएका थिए।

कालिकोटका शुभकालीका गाउँपालिकाका कृष्ण आचार्य पनि मुख्यमन्त्रीको स्वकीय सचिवालयमा भित्रने तयारीमा छन्। अर्का एक जना भने कसलाई नियुक्त गर्ने विषयमा छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालय स्रोतले बतायो।

स्रोतका अनुसार विदाई हुने सबै कालीकोट निबासी भएकाले आगामी चुनावलाई मध्यनजर गरेर मुख्यमन्त्रीले सचिवालयमा हेरफेर गरेका हुन्। केही दिनअघि मात्रै कर्णाली सरकारका महान्यायाधिवक्ता विद्याभूषण मानन्धरले आफ्नो पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?