२०८० चैत्र १६ गते शुक्रवार

ओली पक्ष भन्छ- पाँच सफलता पाइयो, अर्को भन्छ- प्रतिगमन सिद्ध भयो

संसद विघटनका दुई महिना :


काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आज दुई महिना पुगेको छ ।

दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् भंग गरिएपछिका यी दुई महिना राजनीतिक दलहरुवीच शक्ति प्रदर्शन एवं राजनैतिक/संवैधानिक अन्योलमै बितेका छन् । संसद् विघटन विरुद्ध परेको मुद्दा अहिलेसम्म सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपाको वैधानिकता विवादबारे निर्वाचन आयोगले पनि अहिलेसम्म निकास दिन सकेको छैन ।

यो दुई महिनाको अवधिमा आ-आफ्नो अडान, एकअर्का विरुद्धको अभिव्यक्ति र शक्ति संघर्षले योपटकको मिनपचास राम्रैसँग तातेको छ । विघटित संसदका अन्य दलका नेताहरू बीच मतेक्य नहुँदा बलियो गरी सडकमा उपस्थिति जनाउन नसके पनि विभाजित नेकपाका दुई समूह (ओली र प्रचण्ड-माधव) बीच शक्ति प्रदर्शनको स्पर्धा नै चलेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?