काठमाडौ । बेवारिसे शव जलाउँदै आएका विनयजंग बस्नेत पक्राउ परेका छन् । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएपछि बस्नेत पक्राउ परेका हुन् ।
आफ्नो नांंगो तस्बिर देखाइदिने धम्की दिएको भन्दै सपनाले आइतबार बस्नेतविरुद्ध उजुरी दिएकी थिइन् । सपनाका सहयोगी अनुप लिम्बूका अनुसार काठमाडौंको बसपार्कबाट बुटवलतिर जाँदै गरेको अवस्थामा बस्नेतलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।
प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार