
रामचन्द्र न्याैपाने/
फागुन ४ डोल्पा,
डोल्पाको जगदुल्ला शाखाका प्रमुख कार्यालय समयमा स्थानीय ब्यापारीसँग जुवा खेलेर समय बिताउने गरेका
छन ।
नेपाल बैँक जगदुल्ला शाखाका प्रमुख अनिलकुमार गुप्ता सेवाग्राहिको काम छेडेर दिनभर पारा र तास खेल्दै गरेको अवस्थामा भेटिएका हुन ।
गुप्ता लामो समयदेखी सहायक कर्मचारीको हातमा कार्यालय छोडेर दिनभर जुवा खेल्न जाने साँझ उतैबाट रक्सिको तालमा झुम भएर कार्यालयमा आउने गरेको स्थानीयले बताए।
कार्यालयमा जादा हाकिम कहिल्यै नभेटिने र तोक लगाउनुपर्ने कागजातको लागि हाकिम खोज्न गाँउतिर लाग्नुपर्ने सेवाग्राहीकाे गुनासो छ ।
थानीयहरुको गुनासो छ ।
तर शाखा प्रमुख अनिल कुमार गुप्ताले भने आफुले त्यसो नगरेको आफुलाइ सुनियोजित तबरले भिडियो बनाइएको र सेवाग्राहिको काममा कुनै बाधा नआएको दाबी गरे ।
करिब ६ महिना देखि शाखा प्रमुखले सेवाग्राहिलाइ दुख दिइरहेकाे र बारम्बार त्यसो नर्गन अाग्रह गर्दा पनि उनि नसच्चिएकाे जगदुल्ला गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले बताए ।
घटनाकाे बिषयमा नागरिकले त्यस्तो गुनासो नगरेपनि सत्यतथ्य बुझ्नकालागि तत्काल जानकारी लिने प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढकालले बताए ।