२०८० चैत्र १५ गते बिहिवार

पिसाब संक्रमणको लक्षण र उपचार



मुत्र प्रणालीमा विभिन्न कारणले संक्रमण हुन्छ । यस्तो समस्या तुलनात्मक रुपले महिलालाई बढी हुन्छ ।

७७ प्रतिशत महिला पिसाब सम्बन्धी समस्याको सिकार हुन्छन् । लापरवाही एवं लाजको कारण उनीहरु यो कुरा खुलस्त भन्दैनन् । खासगरी गुप्ताङ्गको सरसफाईमा ध्यान नदिनाले मुत्र नली संक्रमण हुन्छ ।

मुत्रनली संक्रमणको लक्षण

– मुत्र त्यागको समयमा जलन हुनु ।

– पटक–पटक पिसाव आइरहनु ।

-पिठ्युमा दुखाई महसुष हुनु ।

-कहिले कहिं मुत्र त्यागको समयमा रगत आउनु ।

-पिसाव दुर्घन्धित हुनु ।

यसरी अपनाउने सर्तकता

१. धेरैबेर पिसाव रोक्नु हुन्न

कामको धपेडीले गर्दा वा अल्छी लागेर पनि कतिपयले लामो समय पिसाव रोक्ने गर्छन् । यो एकदमै नराम्रो बानी हो । यदि पिसाव आइरहेको छ र तीन-चार मिनेटसम्म रोकेर बसिन्छ भने त्यसको टक्सिन तत्व मृगौलामा फर्केर जान्छ । यसलाई रिटेन्शन अफ यूरिन भनिन्छ । धेरै पटक यो क्रिया दोहोरिएमा मृगौलामा पथरी जम्न थाल्छ । त्यसैले यस्तो समस्याबाट छुटकारा पाउनका लागि पिसावलाई दबाएर नराखौ ।

२. यौनसम्पर्क पछि मुत्र त्याग

यौन सम्पर्कपछि मुत्र त्याग गर्नु एकदमै आवश्यक हुन्छ । यसले गर्दा भित्रको व्याक्टेरिया वाहिर निस्कन्छ । संक्रमणको खतरा कम हुन्छ । खासगरी महिलाले यौन सम्पर्कपछि मुत्र त्याग गर्नैपर्छ ।

३. ओसिलो राख्नु हुँदैन

योनीलाई ओसिलो बनाएर राख्नु हुँदैन । पिसाव फेरिसकेपछि योनी राम्ररी सफा गर्नुपर्छ । साथै त्यसलाई सुख्खा राख्नुपर्छ, जसले गर्दा मृत्रमार्गमा व्याक्टेरिया फैलन पाउदैन ।

४. मासिक श्रावमा सफाई

मासिक श्रावको बेला अरुबेलाभन्दा बढी योनीको सरसफाईमा ध्यान दिनुपर्छ । सेनिटरी प्याडलाई हरेक ६ घण्टामा बदल्नुपर्छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?