२०८० असोज ९ गते मङ्गलवार

चिनीको सट्टामा प्रयोग गर्न सकिने ५ खानेकुरा



बिहान उठेपछि चियामा चिनीको प्रयोग धेरै हुने गर्छ । त्यतिमात्र होइन विभिन्न परिकारहरु बनाउन पनि चिनीको प्रयोग गर्ने गरिन्छ । तर, चिनी खाने बानीले स्वास्थलाई नकारात्मक असर पुर्याउँछ ।

त्यसैले, खानाको स्वाद बढाउन चिनीको सट्टामा अन्य चिजहरु पनि प्रयोग गर्न सकिन्छ ।

१. मिश्री
मिश्रीले खानालाई गुलियो स्वाद दिन्छ । यो मिठो मात्र होइन पोषक तत्वले पनि भरिएको खानेकुरा हो ।

यसमा क्याल्शियम, मिनरल जस्ता पदार्थहरु भरिपूर्ण हुन्छ । यसलाई रिफाइन्ड नगरिएको हुनाले यसले शरीरलाई नोक्सान पुर्याउँदैन ।

२. नरिवलको चिनी
नरिवलको चिनी भन्नाले यसको रुखबाट निकालिएको मिठो पदार्थ हो ।

यो चिनी जस्तै गुलियो हुन्छ । तर, ग्लाइसेमिक इन्डेक्स चिनीभन्दा यसलाई शरीरले सजिल्यै पचाउँछ ।

३. डेट्स सुगर
सुकेको छोकडालाई पिसेर चिनीको रुपमा प्रयोग गर्न सकिन्छ ।

तर, यसलाई कफिमा प्रयोग गर्न सकिदैन । चकलेट, पेस्ट्री हलुवा, केक जस्ता खानेकुरामा यसको प्रयोग गर्न सकिन्छ ।

४. गुड
गुडलाई रिफाइन्ड गरिएको हुदैन । यसले सबै पोषक तत्व दिने काम गर्छ ।

यसमा भिटामिन र मिनरल्स जस्ता पदार्थ पाइन्छ । यसले चिसो मौसममा निकै फाइदा गर्छ ।

५. मह
मौरीले बनाउँदै गरेको मह चिनीको सट्टामा प्रयोग गर्नुपर्छ । यसले मिठास दिने र तौल नियन्त्रण गर्छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?