२०८१ बैशाख ४ गते मङ्गलवार

यी हुन् ७ संकेत जसले शरीरमा गम्भीर रोग लागेको सूचना दिन्छ



एजेन्सी – स्वस्थ रहनु हरेक व्यक्तिको उद्देश्य हुन्छ । स्वस्थ रहनका लागि दैनिक जीवनयापन पनि स्वस्थ हुन आवश्यक छ । स्वस्थ रहनका लागि खानपान, व्यायाम जस्ता कुराहरुमा ध्यान दिन आवश्यक छ ।

दैनिक जीवनयापन गर्ने क्रममा कहिलेकाँही शरीरका विभिन्न अंगहरुमा आउने परिवर्तनले कुनै गम्भीर रोग लाग्दैछ भन्ने कुराको संकेत गर्ने गर्दछ ।

छाला खराब हुनु
छालाले शरीर स्वस्थ भएको वा नभएको भन्ने विषयमा जानकारी दिने गर्छ । छालामा लामो समयसम्म दागधब्बा आउने र लामो समयसम्म त्यस्ता दागहरु नहाराउने कारणले चिन्तित हुने गरिन्छ ।

खराब जीवनशैली, अस्वस्थकर खानेकुरा, अनिन्द्रा, अपच र खानपानमा गडबढी भएमा छाला बिग्र्रिने भएकाले खानेकुरामा विशेष ध्यान दिनु आवश्यक छ ।

आँखा सफा नहुनु
आँखामा चमक नहुनुले धेरै कुराको संकेत गर्छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार आखाँको भित्रि भागमा पहेँलो हुनु गोलब्लाडर, कलेजो वा प्यानक्रियाजमा समस्या हुनु हो । साथै, आँखा रातो हुनु शरीर अस्वस्थ हुनुको संकेत हुनु हो ।

नङको रङ परिवर्तन हुनु
नङको रङ, आकार, बनावट परिवर्तन हुनु शरीरमा समस्या पैदा भएको संकेत हो । नङ पहेँलो हुन सुरु भएमा शरीरमा रक्तसञ्चार राम्रोसँग नभएको मानिन्छ ।

त्यसैले यस्तो अवस्थामा झोल पदार्थको सेवन गर्नु आवश्यक छ । यस्तो हुनुको कारण धेरै धुम्रपान वा खराब नङ पालिस पनि हुनसक्छ । साथै, नङ राम्रोसँग बढ्दैन भने त्यसको अर्थ शरीरमा न्यट्रिशनको कमी भएको पनि हुनसक्छ ।

सुतेको समयमा घुर्नु
सुतेको समयमा जोरसँग घुर्नु रोगको संकेत हुनसक्छ । स्लीप एपनिया, मोटोपन, मुटुसँग जोडिएको समस्या र स्ट्रोक जस्ता स्वास्थ्य समस्याको कारण घुर्ने समस्या आउँछ ।

धेरैजसो व्यक्तिहरु यस्ता लक्षणलाई बेवास्ता गर्ने गर्छन् । घुर्ने समस्या आएमा डाक्टरको सल्लाह लिन आवश्यक छ ।

पेटमा ग्यास पैदा हुनु
स्वास्थ्य विशेषज्ञका अनुसार पेटमा ग्यास जम्मा हुनु पनि शरीर अस्वस्थ छ भन्ने कुराको संकेत हो । एक स्वस्थ व्यक्तिले प्रतिदिन १० देखि २० पटक ग्यास पास गर्नु सामान्य मानिन्छ ।

तर यसभन्दा बढीपटक ग्यास पास भएमा ल्याक्टोज इन्टोलरेन्स, पाचन प्रक्रिया खराब हुनु र सीलिएक जस्ता रोगहरुको संकेत हुनसक्छ ।

पिसाबको रङ
चिकित्सकका अनुसार पिसाबको रङ परिवर्तन हुनु विभिन्न रोगको संकेत हो । यदि पिसाबको रङ निकै गाढा हुनु वा गन्ध आउने भएमा डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ ।

सधैँ थकाई लाग्नु
निन्द्रा पूरा नहुँदा थकाइ लाग्ने समस्या पैदा हुन्छ । यसबाहेक डिहाइड्रेसन, आइरनको कमि, व्यायामको कमि र धेरै मिठो खानेकुरा खाने बानीले पनि सधैँ थकाई लागेको अनुभव हुनेगर्छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?