२०८० मङ्सिर २१ गते बिहिवार

नेपालको टी-ट्वान्टी वरीयता यथावत



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।

नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।

नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ ।

स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् ।

नेपाल एकदिवसीय वरीयतामा १७ औं स्थानमा रहेको छ ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ ।

यस्तै अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?