
सुर्खेत । कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव समारोहलाई नेकपाको ओली पक्षले बहिष्कार गरेको छ भने नेपाली कांग्रेसबाट एक जना सांसद मात्रै सहभागी छन् । समारोहमा नेपाली कांग्रेसबाट सांसद अमृता शाही सहभागी भएकी छिन् ।
समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगै ६ जना मन्त्री, उपसभामुख पुष्पा घर्ती, प्रचण्ड–माधव पक्षको दलका प्रमुख सचेतक सीता नेपाली, सांसदहरु बिन्दमान बिष्ट, सुशीलकुमार थापा, पद्मा खड्का, वीरबहादुर शाही , गणेशबहादुर सिंहको सहभागिता छ । प्रदेशसभामा नेकपाका ३३ सदस्य छ्न् । तीमध्ये २२ जना प्रचण्ड–माधव पक्षका छन् ।
प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार