
अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प महाअभियोग मुक्त भएका छन् । सिनेटमा १० मतको कमीका कारण ट्रम्पविरुद्धको महाअभियोग फेल भयो ।
यससँगै ट्रम्पले अमेरिकालाई फेरि महान बनाउने आन्दोलन भर्खर सुरु भएको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो कानुनी टिमलाई धन्यवाद पनि दिए ।
आफूबाहेक कुनै पनि राष्ट्रपति यस्तो अवस्थाबाट गुज्रिनु नपरेको बताउँदै ट्रम्पले आफूलाई ७५ मिलियन अमेरिकीले भोट दिएको कुरा आफ्ना विरोधीले बिर्सिन नसकेका कारण यस्तो भएको बताए ।
यति धेरै भोट कुनै पनि अमेरिकी राष्ट्रपतिले नपाएको पनि उनले बताए । आफ्नो ट्रायललाई इतिहासको सबैभन्दा ठूलो ‘विच हन्ट’ भन्दै ट्रम्पले अगाडि आफूहरुसँग धेरै काम भएको बताए ।
ट्रम्पले आफ्नो बचाउ गर्दै काफूलाई कानुन व्यवस्थाको पक्षधर भने र ६ जनवरीमा क्यापिटल हिलमा भएको हिंसाको लागि माफी मागेनन् ।
उनले बाइडेन प्रशासनमाथि बदला लिनको लागि कानुन प्रयोग गरेको आरोप लगाए । एउटा पार्टीलाई भीडको उत्साह बढाउने, कसलाई बदनाम गर्ने र आफूविरुद्ध बोल्नेको आवाज दबाउन खुला छुट दिइएको बताए ।