२०८० चैत्र १६ गते शुक्रवार

यी हुन् आङ नै जिरिङ हुने दश बलात्कार काण्ड



भारत । भारतमा यतिबेला हैदरावादमा महिला डाक्टरलाई बलात्कार पछि जलाएर हत्या गरेको विषयले चर्को रुप लिएको छ। मानिसहरुले आरोपीलाई पनि त्यस्तै प्रकारको कारवाहीको माग गरेका छन् ।

यसैबीच आज हामी भारतका भएका यस्ता दश वटा बलात्कार काण्डका विषयमा जानकारी दिन गइरहेका छौं, जुन बलात्कार काण्डलाई आज पनि मानिसहरुले भुल्न सकेका छैनन् ।

१९७३मा भएको भारतको पहिलो र सबैभन्दा चर्चित कलात्कार काण्ड अरुण शानबाग रेप काण्ड हो। यो काण्डमा मुम्बईको एक अस्पतालमा काम गर्ने नर्स करुणालाई अस्पताल मै काम गर्ने एक सफाइ कर्मचारी सोहनलाल भर्था बालमीकिले सोडोमी (अप्राकृतिक सेक्स) बलात्कार गरेका थिए ।

तर त्यो बेला सोडोमीलाई अपराधको श्रेणीमा राखिएको थिएन। जसका कारण सोहनलाल विरुद्ध बलात्कारको मुद्दा दर्ता हुन सकेन। यद्यपी अरुण बलात्कारको आरोपी सोहनलाल विरुट लुटपात र हत्या प्रयास गरेको अभियोग दर्ता गराइयो। जसका कारण सोहनलाललाई मात्र सात वर्षको जेल सजाय भयो। सात वर्ष जेल जीवन बिताएपछि उनी अहिले आफ्नो निजी जीवन बिताइरहेका छन्।

१९७२ मा महाराष्ट्र जिल्लामा मथुरा नाम गरेकी आदिवासी युवतीलाई दुई सिपाहीले बलात्कार गरे। यो काण्डमा यी युवतीलाई कयौं पुरुषसँग सम्बन्ध बनाउने बानी परेकी भनेर आलोचना गरिएको थियो। र त्यसैलाई सदर मान्दै जिल्ला अदालतले बलात्कार गर्ने दुवै सिपाहीलाई रिहा गर्ने फैसला सुनाएको थियो।

तर महाराष्ट्र उच्च अदालतले जिल्ला अदालतको फैसला बदर गर्दै सजायको फैसला सुनाएको थियो। तर फेरि हाइकोर्टको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गरेपछि ती सिपाहीमाथि कुनै कारवाही भएन।

१९९६ मा २५ वर्षकी प्रियादर्शिनी मट्टूलाई पहिला बलात्कार गरियो र फेरि हत्या गरियो। मट्टू दिल्लीमा कानुन संकायमा अध्ययनरत थिइन्। उनलाई संतोष कुमार सिंह नाम गरेका व्यक्तिले उनकै घरमा बलात्कार गरेर हत्या गरेका थिए।

यो मुद्दामा पनि स्थानीय अदालतले सन्तोष कुमारलाई रिहा गरेको थियो। तर मिडियाको दबावमा दिल्ली उच्च अदालतले स्थानीय अदालतको फैसला बदर गर्दै आरोपीलाई फासीको सजाय सुनायो।

१९९९ मा अंजना मिश्रा बलात्कार काण्ड सार्वजनिक भयो। यो हाइप्रोफाइल केस थियो। यो घटना उडिसाको हो। अंजना मिश्रा एक आईएफएस अधिकारीकी पत्नी थिइन्। जसले उडिसाका मुख्यमन्त्री नवीन पटनायकसँग राज्यका महान्यायाधीवक्ता इन्द्रजीत राय विरुद्ध १९७२ आफूमाथि बलात्कारको प्रयास गरेको उजुरी गरेकी थिइन्।

सौम्या केरलका एर्नाकुलमबाट शोर्नुरसम्म एउटा रेलबाट जाँदै थिइन्। रेलमा सौम्यालाई गोविन्दाचामी नामका एक व्यक्तिले लुट्ने प्रयासले आक्रमण गरे। यो काण्डामा अपराधीले सौम्याको टाउको रेलको ढोकामा दबाएर कुल्चिए र पछि उनलाई रेलबाट तल फाल्दिए।

२०१५ मा मुम्बईमा ११ वर्षकी महिला पत्रकारलाई पाँच जनाले सामुहिक बलात्कार गरे। एक महिला पत्रकार जब आफ्ना साथीसँग एक पछाडि परेको इलाकामा आफ्नो असाइन्टमेन्टका लागि फोटोग्राफरका लागि गएकी थिइन्। तब पाँच जना युवक कासिम बंगाली, सलीम अन्सारी, चाँद शेख, सिराज रहमान र विजय जाधवले पालैपालो बलात्कार गरेका थिए।

महिला विकास कार्यक्रमकी एक कार्यकर्ता भंवरी देवी राजस्थानको भतेरी गाउँम काम गर्दै थिइन्। १९९२ मा उब उनले बाल विवाह विरुद्ध बोल्न सुरु गरिन्, तब कथित उच्च जातिमा पाँच जनाले उनीमाथि सामुहिक बलात्कार गरे।

अहिलेसम्मकै सबैभन्दा धेरै भयानक र क्रुर बलात्कार काण्ड देशको राजधानी दिल्लीमा भएको थियो। २०१२, १७ डिसेम्बर को एक रात गुडिरहेको बसमा एक जना नाबालकसहित ६ जनाले मेडिकलकी छात्रा निर्भयाको सामुहिक बलात्कार गरेका थिए।

उनीहरुले बलात्कार मात्रै होइन, क्रुरताको सबै हद पार गरेका थिए। निर्भयाको तीन दिनपछि निधन भयो। देशभर आन्दोलन भयो। सरकारले कानुन परिवर्तन गर्नुपर्यो। तर आज पनि बलात्कारका घटनामा कमी आएको छैन।

भारतमा फेरि एक पटक त्यस्तै माहोल देखिएको छ। जस्तो माहोल निर्भया रेप केसमा देखिएको थियो। मानिसहरु रिसाएका छन्, सडकमा दैनिक जसो प्रदर्शन भइरहेका छन्। किनभने २७ वर्षीया पशु चिकित्सक महिलालाई न्याय दिलाउन चाहन्छन्। हैदरावादमा भएको यो घटनाले मानिसहरुलाई आक्रोशित बनाएको छ। महिला डाक्टर करिव आठ बजे आफ्ना क्लिनिकबाट घर जाँदै थिइन्।

अब अचानक बाटोमा उनको स्कुटर पंचर भयो। यसको जानकारी उनले आफ्नी बहिनीलाई दिइन्। बहिनीले स्कुटीलाई टल प्लाजामा छोडेर घर आउन सुझाव दिइन्। त्यही बेला त्यहाँ दुई जना युवा आए। उनीहरुले आफूले सहयोग गर्ने बताए।

त्यसको केही समयपछि महिला डाक्टरको फोन अफ भयो। प्रहरीका अनुसार सामुहिक बलात्कारपछि ती महिलालाई मारेर उनको मृत शरीर केही पर निर्माणाधीन पुल नजिकै लगाइयो।

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?