२०८० मङ्सिर २१ गते बिहिवार

सलमान र शाहरुख एउटै फिल्ममा, फिल्म यही वर्ष आउँदै



काठमाडौं । बलिउड सुपरस्टारहरु सलमान खान र शाहरुख खान एउटै फिल्ममा देखिने भएका छन् ।

यो फिल्म २०२१ मै रिलिज हुने बताइएको छ । शाहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका रहने फिल्म पठानमा सलमान खानको पनि अहम भूमिका हुनेछ ।

यो फिल्ममा शाहरुख र दीपिका जासुसको भूमिकामा हुनेछन् । यो फिल्ममा सलमान आफ्नो प्रसिद्ध जासुस रोल ‘टाइगर’को भूमिकामा देखिँदैछन् ।

सलमानले बिग बोस सिजन १४ पूरा गरेसँगै पठानको सुटिङ सुरु गर्नेछन् । यशराज फिल्मसको ब्यानरमा बनिरहेको पठानको निर्देशन ‘वार’का निर्देशक सिद्धार्थ आनन्दले गर्दैछन् ।

यो २०१८ मा आएको फिल्म ‘जिरो’ पछि शाहरुखको पहिलो फिल्म हुनेछ । बिग बोसको विकेण्डका वारमा सलमानले यसको पुष्टि गरेका हुन् । सलमानले २०२१ मा टाइगर फ्रेन्चाइजको अर्को फिल्मसँगै ‘कभी ईद कभी दीवाली’को सुटिङ गर्नेछन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?