२०८० चैत्र १६ गते शुक्रवार

डाेल्पाली युवाद्वारा हवाईभाडा समायोजनकाे माग गर्दै सिँहदरवारमै पुगेर सरकारकाे ध्यानाकर्षण !



डाेल्पा २ फागुन,
कोरोना महामारी पछि एकाएक बडाइएकाे हवाई भाडादर घटाउन माग गर्दै डाेल्पाली युवाले सिँहरवार पुगेरै सरकारकाे ध्यानाकर्षण गराएकाछन् ।
निजि वायुसेवा कम्पनिहरुले नेपालगन्ज-डाेल्पाकालागि एकतर्फीरुपमा वृद्धि गरेको हवाई भाडादर समायोजनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाउँदै सरकारकाे ध्यानकर्षण गराएकाहुन् ।
दैनिक डाेल्पाकालागि उडाज भर्ने समिट एयर,तारा एयर लगायतका निजि विमानकम्पनिहरुले विना सूचना मनोमानी तरिकाले साविकको भाडादर प्रतिब्यक्ति रु ५ हजार ३ सयबाट रु ३ हजार २ सय बृद्धि गरी एकैपटक रु. ८ हजार ५ सय कायम गरेकाछन् ।
निजि विमान कम्पनिहरुले हाल सम्मपनि सोहि भाडा उठाइरहेकाले डाेल्पाली नागरिकहरु ठुलाे मर्कामा परेकाे ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
डाेल्पा भाैगाेलिक रुपमा विकट र जिल्ला भित्रने एकमात्र भरपर्दो माध्याम हवाईजहाजनै भएकाले एकै पटक भारीमात्रामा वृद्धि भएकाे नयाँ भाडाकाे मारमा विरामि,बिद्यार्थीहरु थप मर्कामा परेकाे बताइएकाे छ ।
यथासक्य साविककै भाडादर कायम हुनेगरी सरकारकाे तर्फबाट पहल गरि अावाश्यक प्रक्रिया अघि बडाउन सरकारलाई अाग्रह समेत गरिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?