२०८१ बैशाख ४ गते मङ्गलवार

शे–फोक्सुण्डो निकुञ्जद्धारा श्रीएयरको हेलिकप्टरलाइ सात दिनभित्र जवाफ पेश गर्न निर्देशन



डोल्पा १ फागुन,
डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले श्रीएयरको हेलिकप्टरलाइ सात दिन भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।
उक्त कम्पनीको हेलिकप्टरले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीलाइ चेकजाँच नगराइ र निकुञ्ज कार्यालयमा नियमानुसार राजश्व नबुझाएरै उपल्लो डोल्पामा पर्ने धो मा हेलिकप्टर उडान अवतरण गरेको भन्दै सात दिनभित्र जवाफ पेश गर्न निर्देशन दिइएको निकुञ्जले जनाएको छ ।
धो क्षेत्रमा के कति प्रयोजनकालागि कसको अनुमतिलिइ हेलिकप्टर उडाइएको हो,सुरक्षार्थ खटिएका निकुञ्जका सेना र कर्मचारीद्धारा चेकजाँच नगराइ,नियमानुसार राजश्व नबुझाइ उडान अवतरण गर्नुको कारण केहो भनेर पत्रमा खुलाइएको छ ।
उक्त पत्रलाइ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र इश्वरी बक्स गुल्म सुलिगाडलाइ बोधार्थ दिदै इमेलमार्फत श्रीएयरलाइन्सको कार्यालयमा पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।
सात दिन भित्र स्पष्ट जवाफ पेश नगरे कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडि बडाइने समेत उल्लेख गरिएको छ ।
श्रीएयरको हेलिकप्टरको धो मा सडक खन्ने प्रयोजनकालागि २९ माघमा त्रिपुरासुन्दरी नगपालिकाको चुँ गाडबाट डोजर बोकेर उपल्लो डोल्पा पु¥याएको थियो ।
ठेकेदारले निकुञ्जले दिएको सहमतिका आधारमा हेलिकप्टर उडाएको दाबी गरेपनि निकुञ्जले कुनै सहमति नदिएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?