२०७८ बैशाख २३ गते बिहिवार

प्रतिगमनकाविरुद्ध श्रष्टाहरुद्वारा हातमा साङ्लो बाँधेर प्रदर्शन



काठमाडौं । स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाण्डौमा हातमा साङलो बाँधेर प्रदर्शन गरेका छन्। साहित्य सृजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारहरुले हातमा साङलो बाँधेर प्रर्दशन गरेका हुन्

। सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलनुको ब्यानरमा स्रष्टाहरुले भृकुटीमण्डपदेखि बसन्तपुरसम्म र्यार्ली निकालेका हुन् ।ब्यानरभन्दा अगाडि विधिको शासन कायम गर, मानव अधिकार रक्षा गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, हत्या हिंसा बन्द गर, प्राज्ञिक स्वतन्त्रता कायम गर लेखिएको प्लाकार्ड टाँसेर हातमा साङलो बाँधेका मण्डला थिएटरका कलाकारहरु थिए।

उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमनविरुद्ध हातमा साङलो बाँधेर प्रर्दशनमा उत्रिएका हुन् । वसन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाहरुले अभिव्यक्ति स्वतन्त्रण कुण्ठित भएको विरोधमा प्रतिकात्मक नाटक देखाउनुको साथै कविता र गीतबाट प्रतिगमनको विरोध गरेका थि ए।

कलाकारहरुले साङलोले हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको विरोधमा प्रतिकात्मक प्रदर्शन गरेका थिए। त्यसैगरी प्रविन शर्मा र प्रकाश गन्दर्भले गीत गाएर प्रतिगमनको विरोध गरेका थिए  । कार्यक्रमलाई सम्बोधन गर्दै कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले प्रतिगमनविरुद्ध सबै स्रष्टाहरु एकठाउँमा उभिनुपर्ने बताए। उनले निरंकुश सत्ता शासन र प्रधानमन्त्रीको अंहको चाँडै ठेगान लाग्ने विश्वास आफूले लिएको भन्दै सबैलाई एकबद्ध हुन आह्‍वान गरे।

यो साझा मुद्दा भएकाले पक्ष–विपक्ष र प्रतिगन हो–होइन भनेर नेतालाई नसोधी सडक संघर्षमा एकजुट हुन उनले सबैलाई आग्रह गरे। साझा फोरमका सम्बन्धमा स्रष्टाहरुले जिज्ञासा राख्ने गरेको भन्दै उनले भने, यो त साइलाका जन्ती जानुहुन्छ भने मात्रै म बेहुली लिन जान्छु भने जस्तै हो । स्रष्टाहरुको प्रदर्शनमा पत्रकार एवं साहित्यकार नारायण वाग्ले, हरिगोविन्द लुइँटेल, दयाहाङ राई आहुती, निनु चापागाई, विमला राई लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार