२०८१ बैशाख ६ गते बिहिवार

ओलीको भ्रमको खेति अब धेरै दिन टिक्दैन : प्रचण्ड



काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको अर्को समूहका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली अहिले कमरेड नै नरहेको दाबी गरेका छन्।

पार्टी एकता भएदेखि नै ओलीले पार्टीका नेता÷कार्यकर्तालाई आफूतिर लाग्ने कि प्रचण्डतिर लाग्ने भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै प्रचण्डले केपी ओली भनेको एमाले अनि प्रचण्ड भनेको माओवादी भनेर नबुझ्न आग्रह गरे।

काठमाडौंको चावहिलस्थित एक पाटि प्यालेसमा आयोजित नेकपाको सोलुखुम्बु जिल्लाको प्रशिक्षण भेला कार्यक्रमलाई संवोधन गर्दै उनले पार्टीको विधि प्रकृयालाई मिचेर ओलीले गरेको भ्रमको खेति अब धेरै दिन नटिक्ने चेतावनीसमेत दिएका छन्। ‘हामी कोहि भ्रमित हुन् जरुरी छैन, उनले भने ‘हाम्रो यो पार्टी एकताको निरन्तरता हो, सुदृढीकरण हो। पार्टी एकता विरोधी, विघटन बादी, विर्सनबादी चोइटिएर गएको हो भन्ने तथ्य नै सत्य हो, हामी सबै त्यही सत्यको पक्षमा दृढतापुर्वक उभिन जरुरी छ।’

केपी ओलीतर्फ लक्षित गर्दै प्रचण्डले पार्टीभित्र लोकतन्त्रको अभ्यासलाई नमान्ने मान्छेले देशको लोकतन्त्र पनि नमान्ने आरोप लगाए। ‘पार्टीको बैठकमा आएनन्, बैठक बसौं भन्दा पनि मानेनन्, प्रचण्डले भने ‘सहमति गरेनन् अनि बहुमतको निर्णय पनि मानेनन्। उनले थपे ‘पार्टीभित्रको लोकतन्त्रलाई नमान्नेले देशको लोकतन्त्र पनि मान्दैनन्।’

सरकारलाई आफ्नै पार्टीका नेताहरुले काम गर्न नदिएपछि संसद विघटनको निर्णय गर्नुपरेको भन्ने प्रधानमन्त्री ओलीको तर्कमाथि प्रचण्डले ‘हामीले काम गर्न नदिएको भए संसदमा गएर भनेको भए हुने थिएन त ? भनेर प्रश्न गरे। ‘उहाँ सदनमा जानु त कहाँ हो कहाँ, यदी पार्टीले काम गर्न नदिएको हो भने मलाई पार्टीले काम गर्न दिएन त्यसकारण म सार्वभौम यो जनप्रतिनिधिमूलक संस्थामा आए मलाई साथ दिनुपर्यो भनेर एकचोटी भन्नु लोकतन्त्रको न्यूनतम मान्यता हो। प्रचण्डले थपे ‘कोही पनि व्यक्तिको नैतिकताको पनि न्यूनतम माप हो त्यो। तर उहाँ त त्यता जान चाहनु भएन।

‘संसदले उहाँलाई काम गर्न नदिएको त थिएन, ल पार्टीले त दिएन रे, माधवजी हामीले त उहाँलाई काम गर्न दिएका थिएनौ रे संसदले नदिएको केहि पनि थिएन नि, कुनै निति कार्यक्रम, बजेट पास नभएको होइन, हामीले विरोध गरेर विरुद्धमा भोट हालेको होइन, प्रचण्डले भने ‘संसदलाई विश्वास गरेर विश्वासको मत लिन गएको भए के हुन्थ्योरु आज देश यस्तो संकटमा पथ्र्यो त, पक्कै पनि पर्दैनथ्यो।’

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?