२०८० मङ्सिर २१ गते बिहिवार

फोहरमा भेटियो लाखौं नगद, भिखारीले त्यही पैसा बालेर आगो तापेर जाडो भगाए



काठमाडौं । जाडोमा चिसोबाट बच्न मानिसहरुले धेरै उपाय अपनाउँछन् । तर, एक जना भिखारीले जाडोबाट बच्न जे गरे त्यो बारेमा थाहा पाउँमा मानिसहरुको होस उड्छ ।

भारतको उत्तर प्रदेशका एक मानसिक रुपमा विक्षिप्त भिखारीले लाखौं रुपैयाँ बराबरका नोट बालेर आगो तापेर जाडो भगाएका छन् ।

महोबा शहरको कोतवाली इलाकाको पुरानो सब्जी मण्डी परिसरबाहिर यी व्यक्तिले त्यसरी पैसा जलाएर आगो तापेका हुन् ।उनले ५–५ सयका नोटहरुको बण्डल बालेर आगो तापेको भारतीय मिडियाले जनाएका छन् ।

अन्यन्तै गरिब मानिने बुन्देलखण्ड इलाकामा यी भिखारीले यसरी पैसा बालेपछि मानिसहरु आश्चर्यमा परेका छन् । आसपासका सरसफाइकर्मीहरुका अनुसार ती व्यक्तिले फोहरको थुप्रोमा लाखौं नगद, २ वटा एण्ड्रोइड फोन, सुन चाँदीका गहना र एउटा धारिलो हतियार समेत जलाएका हुन् ।

फोहरको थुप्रोमा लाखौं जलाइसकेका यी मानसिक रोगिले हाँस्दै आफूलाई जाडो लाग्दा जे भेटे त्यही बालेर जाडो भगाएको बताउने गरेका छन् ।

घटनाको सूचना पाउनासाथ पुलिस घटनास्थल गएर जाँच गरिरहेको छ । पुलिसले यो मामिलामा कैयौं पक्ष ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ । यी पागलसँग यति धेरै पैसा र गहना कहाँबाट आयो भन्ने प्रश्न उठिरहेको छ तर पुलिस र प्रशासन यस विषयमा बोल्न तयार छैनन् ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?