२०८० चैत्र १५ गते बिहिवार

ब्वाइफ्रेण्डसँग कोठामा बसेकी प्रियंका चोपडा रंगेहात समातिएपछि…



काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो संस्मरण ‘अनफिनिश्ड’का कारण चर्चामा छिन् । यो किताब ९ जनवरीमा बजारमा आएको छ ।

किताबमा उनले आफू किशोर अवस्थामा हुँदाका एक जना ब्वाइफ्रेण्डको बारेमा पनि चर्चा गरेकी छिन् । प्रियंका एकपटक आफ्ना ती ब्वाइफ्रेण्डसँग कोठामा बसिरहेका बेला रंगेहात समातिएकी थिइन् । पढाइका लागि अमेरिका गएका बेला प्रियंकाकी आन्टीले उनलाई ब्वाइफ्रेण्डसँग रंगेहात समातेकी थिइन् ।

प्रियंकाका अनुसार अमेरिकामा बसेर पढ्ने क्रममा उनको एक किशोरसँग प्रेम भएको थियो । किताबमा प्रियंकाले ती किशोरको नाम बब भनेकी छिन् । त्यतिबेला प्रियंका १० कक्षामा पढ्थिन् । उनी अमेरिकामा आफ्नी किरण आन्टीसँग इण्डियानापोलिसमा बस्थिन् ।

प्रियंकाका अनुसार उनी त्यतिबेला बबसँग बिहे गर्न चाहन्थिन् । प्रियंकाका अनुसार त्यस दिन उनी र बब एक अर्काको हात समातेर टिभी हेरिरहेका थिए । त्यही बेला प्रियंकाले आन्टी घरतर्फ आइरहेको झ्यालबाट देखिन् । उनका अनुसार उनी निकै डराएकी थिइन् ।

त्यतिबेला दिउँसोको २ बजेको थियो र आन्टी घर फर्किने समय भएको थिएन । बबलाई घरबाहिर पठाउने कुनै बाटो नपाएपछि प्रियंकाले बबलाई कोठाको दराजभित्र बन्द गरिदिइन् । प्रियंकाले बबलाई आफूले आन्टीलाई बाहिर नपठाउँदासम्म ननिस्किन भनेकी थिइन् । प्रियंकाले लेखेकी छिन् ‘किरण मासी घरभित्र पस्नुभयो र सबै कोठा चेक गर्न थाल्नुभयो । म बेडमा बसेकी थिएँ र मेरो हातमा बायोलोजीको किताब थियो । मैले आफूलाई पढिरहेको जस्तो देखाइरहेकी थिएँ ।

मासी मेरो कोठाको ढोकामा आउनुभयो र भन्नुभयो यसलाई खोल । मैले सोधें के खोल्ने ? आन्टीले भन्नुभयो आफ्नो दराज खोल । म डरले काँपिरहेकी थिएँ किनकि यसअघि मैले मासीलाई यति रिसाएको कहिल्यै देखेकी थिइन् । मैले दराज खोल्नासाथ सब गडबड भयो किनकि त्यहाँ बब थियो ।’

प्रियंकाका अनुसार आन्टीले त्यसपछि प्रियंकाकी आमालाई भारत फोन गरेर यसबारे बताएकी थिइन् । त्यसपछि प्रियंका भारत फर्किन् । उनले भारत फर्केपछि मिस इण्डियामा भाग लिएकी थिइन् । उनले यो प्रतियोगिता जितेर मिस वर्ल्डमा पुगिन र मिस वर्ल्डको उपाधि पनि जितिन् । त्यसपछि उनी चर्चामा आइन् । यहीँबाट उनको सफल फिल्म करिअरको सुरुवात भयो ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?