२०८० असोज ९ गते मङ्गलवार

नेकपा (ओली समूह) लाई माधव नेपालको चिन्ता!



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहका विभाजित बनेको छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन्।

प्रचण्ड–नेपाल समूह प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै सडक आन्दोलनमा होमिएको छ। देशभर ओलीको कदम विरुद्ध आमसभा गर्दै शब्दवाण प्रहार गरेका छन्। ओलीप्रति माधव नेपाल निकै आक्रामक देखिँदै आएका छन्। प्रधानमन्त्री ओलीले पनि मौका पाउनसाथ नेपाललाई व्यंग्य गर्न पछि पर्दैनन्।

अर्थात उनीहरु एकअर्काप्रति निकै आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्। अहिले निर्वाचन आयोगमा नेकपाको विवाद विचाराधीन छ। दुवै पक्षले आफू नै आधिकारिक भएको दाबी गर्दै आएका छन्। प्रधानमन्त्री ओली निर्वाचनको तयारीका विषयमा बुझ्न मंगलबार निर्वाचन आयोय पुगेका थिए। त्यहाँ पनि ओलीले आफू जन्मिँदै सूर्य चिन्हबाट जन्मिएको भन्दै आफू नै आधिकारिक भएको दाबी गरेका थिए।

पार्टीको आधिकारिकता विवाद, प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा एकथरी नेताहरु फेरि पार्टी एकता गराउने अभियानमा जुटेका छन्। उपाध्यक्ष बामदेव गौतम एकता अभियान नै घोषणा गरेका छन् भने अर्का नेता लालबावु पण्डित पनि दुवै समूहमा नलागी एकताको अभियानमा लागेका छन्।

पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहले पार्टी आधिकारिकता दाबी गर्दै आयोगमा दिएको निवेदनलाई आयोगले अस्वीकार गरेपछि ओली समूहमा यतिबेला माधव नेपालको चिन्ता हुन थालेका छ । ‘केपी कमरेडलाई निष्काशित गरी माधव नेपाललाई अध्यक्ष घोषणा गरियो, आयोगले आधिकारिकताका विषयमा अस्ती नै निर्णय गरिसकेको छ, यो नेकपा विभाजन भएको छैन भनेर आयोगले भनिसकेको छ,’ ओली निकट एक उच्च नेताले डिसी नेपालसँग भने, ‘प्रचण्डले बैठक गर्नु भयो र माधव नेपाललाई अध्यक्ष बनाउनु भयो ।

आयोगले त्यो निर्णय अवैधानिक हो, हामी मान्दैनौं भनेर भनिसकेको छ। यस्तो अवस्थामा उहाँहरु बैठक त बस्न सक्नुहुन्न। त्यस्तो पार्टी कहाँबाट वैध हुन ? अहिले पार्टी एकता अभियानमा लाग्नु भएका कमरेडहरुलाई माधव कमरेडको भविष्यको चिन्ता लाग्न थालेको छ ।’ उनले अहिले पनि आफरुहरुसँग माधव नेपाललाई असाध्यै माया गर्ने नेता रहेको भन्दै माधव नेपाललाई पनि मुल पार्टीमा ल्याउने गरी नेताहरु लागेको दाबी गरे।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?