
काठमाडौं : शुक्रबार पनि मूल्य घटेको छ। छापावाल सुन प्रति तोलामा ६ सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रति तोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।
बिहिबार सुनको भाउ प्रति तोला ९१ हजार ५ सय रुपैयाँ रहेको थियो। हिजो तोलामा ४ सयले घटेको थियो । त्यसैगरी, तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार