२०८० जेष्ठ १९ गते शुक्रवार

यी अचम्मका भाग्यमानी



काठमाडौं । सबै भाषामा यस्ता उखान हुन्छन्, जसको अर्थ हुन्छ काल नआएसम्म मरिँदैन- ‘जाको राखे साइया मार सके न कोय ।’ केन्याका एकजना १६ वर्षीय बालकको जीवनमा यो अक्षरशः घटित भएको छ ।

हवाइजहाजको तल्लो भागमा हुने ल्यान्डिङ गियरमा बसेर १६ वर्षका एक बालकले झण्डै ७ हजार किमिको हवाई यात्रा गरेका छन् । लन्डनबाट उडेको जहाज Airbus A330 Freighter नेदरल्यान्डको हल्यान्ड पुगेपछि एयरपोर्टका स्टाफले ल्यान्डिङ गियरमा ती बालक बसेको थाहा पाएका थिए ।

करिब ३८ हजार फिटको उचाइमा उड्दै गरेको कामर्सियल फ्लाइटको उडानमा लुकेर बसेका यी बालक अत्यन्त चिसोका कारण हाइपोथर्मिया (hypothermia) का शिकार भएर पनि आश्चर्यजनक रुपमा जीवित रहेका थिए । टेलिग्राफको रिपोर्टअनुसार यी बालकको अहिले उपचार भइरहेको छ ।

३८ हज़ार फिटको उचाइमा अक्सिजनको मात्रा अति थोरै भएकाले यी बालकको प्राण रक्षा हुनुलाई चमत्कारका रूपमा लिइएको छ । यस उचाइमा ३८ हजार फिट अर्थात झण्डै १२ हजार मिटरमा तापमान माइनस ४० देखि माइनस ५७ डिग्रीसम्म हुनेगर्छ । यतिको चिसो तापमानमा प्राण जोगिनु सामान्य घटना होइन ।

रिपोर्टकाअनुसार ती किशोरले ल्यान्डिङ गियरमा बसेर लामो हवाई यात्रा गरेका थिए । हल्यान्डको मास्ट्रिच्ट (Maastricht) एयरपोर्टमा जहाज अवतरण हुँदा उनलाई त्यहाँबाट निकालिएको थियो । रिपोर्टअनुसार ती किशोर टर्किस एयरलाइन्सको कार्गो विमानको ल्यान्डङ गियरमा बसेका थिए । एक दिन पहिले मात्रै यो जहाज केन्याको नैरोबीबाट टर्कीको इस्तानबुल हुँदै लन्डन पुगेको थियो ।

ती केन्याली बालक नैरोबीबाटै ल्यान्डिङ गियरमा लन्डनसम्म पुगेको र त्यहाँबाट पनि त्यही ठाउँमा बसेर हल्यान्ड पुगेको अनुमान गरिएको छ । हवाई उड्डयनसँग सम्बन्धित विज्ञले यस घटनालाई चमत्कारकै रूपमा लिइरहेका छन् । समाचारमा आएअनुसार बालकको स्वास्थ्य अवस्था अहिले सामान्य हुने क्रममा रहेको छ ।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?