
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य जनार्दन शर्माले रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा देशलाई मुडभेडमा लगेर निहित स्वार्थ पूर्ति गर्ने षड्यन्त्र भएको तर्क गरेका छन् ।
प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएपछि पक्राउ पुर्जी जारी भएपछि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो तर्क गरेका हुन्।
नेतृ झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन भएको समेत बताएका छन्। ‘रामकुमारी झाँक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन मात्र होइन देशलाई मुडभेटमा लगेर आफ्नो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो’ उनले लेखेका छन् ।
प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार