२०८० असोज ७ गते आइतवार

शे–फोक्सुण्डो निकुञ्जका वार्डेन सरुवामा राजनिति,एक बर्ष थप गरेको तीन महिना नपुग्दै सरुवा

पौडेलजस्तै कर्तव्यनिष्ठ वार्डेन पठाउन डोल्पालीको माग


डोल्पा  २९ माघ,
डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका वार्डेन सरोजमणी पौडेलको आकस्मिक सरुवा गरिएको छ ।
निकुञ्ज बसाइको एक बर्षे कार्यकाल सम्पन्न भए लगत्तै थप एक बर्ष निकुञ्ज समाल्ने जिम्मेवारी पाएका वार्डेन सरोजमणी पौडेलको चितवन राष्ट्रिय निकुञ्जमा आकस्मिक सरुवा गरिएको हो ।
संघिय सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्ने राष्ट्रिय निकुञ्ज विभागले वार्डेन पौडेलले एक बर्षे अवधिमा निकुञ्ज सुधारकालागि गरेको प्रयासलाइ उच्च मुल्याङ्कन गर्दै थप एक बर्ष थप गरेको थियो ।
विभागले एक बर्ष थप गरेको तीन महिना नपुग्दै पुनः सरुवा गरेपछि तिब्र रुपमा अघि बडेको निकुञ्ज सुधारकार्य ओझेलमा परेको हो ।
पौडेललाइ सरुवा गर्नकैलागि विभागलाइ उच्च राजनितिक दवाब दिएर सरुवा पत्र लेख्न बाध्य बनाएको बुभिएको छ ।
चोरी शिकारीमा समातियका व्यक्तिको सहज छुट्कारा दिलाउनु वार्डेन सरुवाको मुख्य कारण भएको निकुञ्जको आन्तरिक स्रोतले बताएको छ ।
“वार्डेन पौडेल सरुवा भएर आउनु अघि निकुञ्जमा चरम वेथिति मौलाएको थियो,त्यतिमात्र नभइ जडिबुटी तस्करहरुकालागि अनुकुल वातावरण वनाइन्थ्यो र निकुञ्ज दोहन गरिन्थ्यो,त्यो सबै गर्न नपाएपछि वार्डेनको सरुवा गरियो”नागरिक अगुवा ओमेन्द्र केसीले भने ।
“निकुञ्ज स्थापना भएदेखि नगरेको काम वार्डेनल पौडेलले गरे,छोटो समयमै निकुञ्जलाइ निकुञ्ज जस्तो बनाउन सफल भए,राम्रोकाम गर्दागर्दै सरुवा गरियो ।”
वार्डेन पौडेलले गलत प्रवृतिका कर्मचारी देखि तस्करहरुको निन्द्राहराम गरेपछि निकुञ्ज भित्रकै केही कर्मचारी संयन्त्र र जिल्लाका सत्तासिन राजनितिक नेतृत्वले उच्च दबाव दिएर सरुवा गराएको बताइएको छ ।
वार्डेन पौडेलकै कारण निकुञ्ज धेरै अगाडि बडिसकेकाले अब आउने वार्डेन पनि सचेत,जिम्मेवार एवं पारदर्शी प्रवृति भएको वार्डेन पठाउन विभागलाइ डोल्पालीको माग छ ।
वार्डेन सरोजमणी पौडेलले पन्ध्र महिने अवधिमा दर्जनौ नमुना काम गरेकाछन् ।

जडिबुटी पुर्जी व्यवस्थापन
वार्डेन पौडेलले पहिलो चरणमै जडिबुटी पुर्जी वितरण कार्यलाइ व्यवस्थित बनाए ।
जथाभावि वितरण गर्ने गरिएको पुर्जीलाइ व्यवस्थित वनाइ कानुनि दायरमा ल्याएकाहुन् ।
“म डोल्पा पुगे लगत्तै जथाभावि दिने गरिएको जडिबुटी तथा काठको पुर्जी वितरणलाइ व्यवस्थित गरे,रेन्जरको प्रतिवेदनका आधारमा मात्र पुर्जी वितरण गरियो” पौडेलले भने ।
“त्यसपछि निकुञ्ज सुधारका मुख्य कडिका रुपमा रहेका कर्मचारी संयन्त्रलाइ जिम्मेवार अनि पारदर्शी बनाए,यो कदमले निकुञ्जका माथिल्लो तह देखि माथिल्लो तह देखि तल्लो तहसम्मका कर्मचारीहरुले धेरै जिम्मेवार भए र कामगर्न निकै सहज भयो ।”
विकासका नाममा हुने निकुञ्ज दोहोन ठप्प
वार्डेन पौडेलले दोस्रो कामको रुपमा निकुञ्ज भित्र गरिने विकास निर्माणका नाममा भएको निकुञ्ज दोहन कार्य ठप्प पारे ।
निकुञ्ज क्षेत्रमाहुने विकासकालागि तीनै तहको सरकारबाट विनियोजित बजेट कार्यन्वयन नियमसंगत मात्र गराएनन्,निकुञ्ज भित्र गरिने विकास र बाहिर गरिने विकासमा आकाश पाताल फरक हुन्छ भन्ने कुराको आवाज उठाए ।
“निकुञ्जमा जथाभावि डोजर लगाउने,बाटाघाटा सडक खन्ने परिपाटी धेरै रहेछ,म आएपछि रोकियो,अहिले निकुञ्ज क्षेत्रमा विकासका काम गर्दा व्यक्ति वा संघ संस्थाले दश पटक सोच्छन यो पनि ठुलो सफलता हो” पौडेलले भने ।
हिमाली राष्ट्रिय निकुञ्जको नियमावली अनुसार निकुञ्ज भित्र गरिने जुनसुकै विकासकालागि पनि राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिनुपर्ने कानुनि व्यवस्थालाइ पुर्ण रुपमा पालना गराइएकाे उनकाे भनाइ छ ।
हेलिकप्टरलाइ नियमन
निकुञ्ज स्थापना भएयता देखिनै अनियन्त्रित रहेका नेपालका निजि हेलिकप्टहरुलाइ वार्डेन पौडेलले तह लगाए ।
अनुमति विनानै निकुञ्जका कोर क्षेत्रमा निर्वात रुपमा आवत जावत गर्ने र रेस्क्युका नाममा तान्डप मच्चाउने हेलिकप्टरलाइ निकुञ्जको निति नियममा छिराउन सफल भएको वार्डेन पौडेलले बताए ।
“यस अघि हेलिकप्टरले निकुञ्जलाइ परेड मैदान जस्तै बनाएका रहेछन्,न अनुमति न राजश्व,उद्धारका नामका धन्दानै चलाएको पाइयो,यो सबै बन्द भयाे ।”
अनुमति नलिने र आउँदा जाँदा निकुञ्जका कर्मचारी र सेनाद्धारा चेकजाँच नगराउने हेलिकप्टरलाइ कारवाही सुरु गरेपछि अहिले हेलिकप्टर कम्पनिहरु सचेत रहेको उनको भनाइ छ ।
चोरी शिकारी शुन्य निकुञ्ज
निकुञ्जले चोरी शिकारी शुन्य बनाउने काममा अभियाननै चलायर लागेको छ ।
केही महिने अवधिमामात्रै निकुञ्ज क्षेत्रबाट चोरी शिकारीमा प्रयोगहुँदै आएका सत्तरी थान भरुवा बन्दुक लगायतका सामग्रीहरु बरामत गर्न निकुञ्ज सफल भयो ।
त्यतिमात्र नभइ चोरी शिकारीमा संलग्न व्यक्तिहरुलाइ धमाधम पक्राउ गरि कारवाही प्रक्रिया अगाडि बडाइएको निकुञ्जले जनाएको छ ।
अहिले पनि दुर्लभ वन्यजन्तुको आखेटोपहार सहित पक्राउ परेका आठजनालाइ हिरासतमा राखेर अनुसन्धान जारी राखिएको निकुञ्को भनाइ छ ।
“निकुञ्ज क्षेत्रमा अझै हातहतियार थिए,शुन्य चोरी शिकारी निकुञ्ज बनाउने कार्य केही प्रतिशतमात्र बाँकी थियो,मेरो सरुवा भयो”वार्डेन पौडेलले भने ।
यति ठुलो परिमाणमा हात हतियार बरामत गर्न सफलहुनुमा फिल्डस्तरमा खटिने साना कर्मचारी र उनिहरुलाइ गरिएको प्रोत्साहननै भएको उनको पौडेलको भनाइ छ ।
गत असोजमा फोक्सुण्डो ताल परिसरमा आयोजना गरिएको जिल्ला स्तरीय वन्यजन्तु तथा अपराध नियन्त्रण इकाइको बैठक पनि जारी आवको नमुना कार्यक्रम रहेको उनले बताए ।
सरुवामा कुनै पछुत्तो छैन्
विभागले एक वर्ष थप गरेको केही महिनामै सरुवाको पत्र आएपनि आफुलाइ कुनै पछुतो नभएको वार्डेन पौडेलले बताएकाछन् ।
निकुञ्ज सुधारकालागि निस्वार्थ रुपमा आप्नो क्षमताले भ्यायसम्म गरेकाले सधै बसिराख्नु पर्छ भन्ने नभएको उनको भनाइ छ ।
तर,काम गर्दै जाँदा आकस्मिक रुपमा भएको सरुवाले शुन्य चोरी शिकारी निकुञ्ज घोषण,अन्तरदेशीय वन्यजन्तु चोरी शिकारी नियन्त्रण इकाइको वैठक गर्ने,हिँउ चितुवा जोगाउन लागु गरिएको पशु विमा कार्यक्रमलाइ तीब्र रुपमा अघि बडाउने लगाएतका केही काम भने गर्ने योजना भएपनि गर्न नपाइएको पछुतो भएको पौडेलले बताए ।
आफ्नो पन्ध्र महिने डोल्पा बसाइका क्रममा सहयोग गर्ने सबैप्रति आभारव्यक्त गरे ।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?