२०८० चैत्र १६ गते शुक्रवार

भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रर्दशन



सुर्खेत । कर्णाली अध्ययन केन्द्र नेपालको आयोजनामा बुधबार सुर्खेतको क्याम्पस रोड स्थिति म.प बिश्वबिद्यालय गेट अगाडि सडकमा रचना प्रर्दशन गरेका छन् ।

बैतडीमा बलात्कार गरि हत्या गरिएकी १७ बर्षिय किशोरी भागिरथी भट्टको न्यायको लागी, दोषीलाई छिटोभन्दा छिटो कार्वाही गरियोस्, निर्मला पन्तको जस्तो हविगत नबनाइयोस भन्दैँ उनिहरुले प्रर्दशन गरेका हुन ।

उक्त कार्यक्रमको संचालन गदैँ दिपेन्द्र बि.सी (दिपु) ले बारबार न्याय दे भनेर राज्यलाई सडकबाट बिरोध गर्नुपर्ने प्रस्थितिले आफू दुखी भएको साथै राज्यले राज्यका नागरिकहरुको सुरक्षा गर्न सकेको बताए । उनले आफैमा लाचारी हुने र अपराधी संरक्षण गर्ने प्रवृत्तिले बलात्कारका घटना बारबार दोर्हिन पुगेकाछन भनी राज्य जिम्मेवार हुन ध्यानाकर्षण गरिएको बताए ।

निधारमा कालोपट्टी, मुखमा कालो मास्क लगाएर बलात्कारिलाई फाँसी दे !, पीडितलाई न्याय दे !, महिला हिँसा तथा यौन दुर्ववहार बन्द गर ! शान्ति सुरक्षा कायम गर, सरकार माथि को रहेछ बलत्कारि पो रहेछ ! जस्ता नारा पम्पेलेटमा समाएर विरोध गर्दै देशका दिदिबहिनी तथा चेलीबेटीहरुले खेपिरहेका महिला हिंसा तथा यौन दुर्ववहार, बढदो क्रममा रहेका बलात्कारका घटना, गैरजिम्मेवारपुर्ण राज्य, राजनीति शक्ति र सत्ताले सुरक्षा गरिएका बलात्कारी, अपराधी आदि समाजको यथार्थ विषयबस्तुलाई उठान गरिएका कविता, गजल, मुक्तक, भावना वाचन गरेर बिरोध गरिएको थियोे। कार्यक्रममा एक दर्जन बढी साहित्यक सर्जगहरुले आफ्नो रचना वाचन गरेर न्यायको निम्ति आवज उठाएका थिए ।

 

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?