२०८० असोज ९ गते मङ्गलवार

प्रचण्ड-माधव समूहले काठमाडौंमा आज शक्ति प्रदर्शन गर्दै,



काठमाडौं : नेकपाको प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । यही माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शनको रुपमा आमसभा गरेको सो समूहले आज पनि शक्ति प्रदर्शन गर्न लागेको हो ।

यसको तयारीका लागि यो समूहले यसकै पूर्वसन्ध्यामा सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेको थियो । हिजो कोटेश्वरको पेरिसडाँडामा बसेको सो समूहको बैठकमा नेता झलनाथ खनालले आजको शक्ति प्रदर्शनमा तीन लाख बढी मानिस सहभागी हुने जानकारी गराएका छन् ।

सरकारविरुद्ध काठमाडौं बासी भित्रभित्रै आन्दोलित भइरहेको बैठकलाई ब्रिफिङ गरेका नेता खनालले बुधबार हुने सभामा उनीहरु उपस्थित हुने दाबी गरे। प्रतिनिधि सभा विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । दुवै समूहले छुट्टाछुट्टै राजनीतिक कार्यक्रम गरेर एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।

प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओली असंवैधानिक कदम चालेको भन्दै त्यसविरुद्ध प्रचण्ड–नेपाल समूह आन्दोलित भएको हो। यता ओली समूह निर्धारित मितिमा चुनाव हुने भन्दै तयारीमा जुटेको बताएको छ । उसले हिजो निर्वाचन आयोगमा पुगेर दुई चरणमा निर्वाचन गर्ने जिल्ला र प्रदेशको नाम पनि टुंगो लगाएको छ । ओली समूहले पनि यही माघ २३ नारायणहिटी दरबार अगाडि आमसभाको आयोजना गरेको थियो ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?